नागरिक पोष्ट News


चलचित्र ‘निर्जला’ आजदेखि देशैभरका हलहरुबाट प्रदर्शन शुरु

4K

काठमाडौ । बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘निर्जला’ आजदेखि देशैभरका हलहरुबाट रिलिज हुदैछ ।

यस चलचित्र “निर्जला” का निर्माता प्रकाशचन्द्र न्यौपाने हुन् भने कार्यकारी निर्माता अभिनेत्री स्वयं शुभेच्छा थापा नै हुन्।

चलचित्र कलाकारहरुमाः किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्माको साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, बाले तामाङ, अन्जली घिसिङ, प्रेम पौडेल र बाल कलाकार सागर गिरी लगायतको अभिनय रहेको छ।

नायिका शुभेच्छा थापाको कथा, राजु गिरीको निर्देशन र प्रकाश चन्द्र न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यस चलचित्रका छायाँकार रवि कोइराला हुन् ।

त्यस्तैगरी अशोक खड्काको द्धन्द्ध, कमल राई, क्रान्ति केसीको नृत्य निर्देशक र तारा थापा (किम्भे) को सम्पादन रहेको छ ।

लभ, कमेडी र एक्सन मिक्स स्टोरीले भरिएको चलचित्र निर्जलामा आलु मीठो तरकारी, सिन्की अचार, बोटमै पाकेको कटर, भेट्न हतार, भाले मोटर जस्ता चर्चित अनि मीठासपूर्ण गीतहरु छन् ।

Must View