काठमाडौंको जोरीपाटीमा छिमेकी र चिरपरिचित व्यक्तिबाटै बलात्कृत युवतीको मर्मस्पर्शी पीडा
काठमाडौंको जोरीपाटीमा छिमेकी र चिरपरिचित व्यक्तिबाटै बलात्कृत भएको युवतीको पीडा सुन्दा जो कोहीको पनि आँखा रसाउछ । २०७५ भदौ ३० गते बेलुकी चर्चबाट फर्किएकी सम्झना आफ्नै छिमेकी र चिरपरिचित ग्राहकबाट बलात्कृत भइन् ।
काठमाडौंको जोरीपाटीमा चर्चबाट फर्किएकी युवती घर नपुग्दै छिमेकीबाट बलात्कृतरक्सीले मातिएको छिमेकीले उनलाई झुक्याएर कोठाभित्र लग्यो । अप्राकृतिक यौन सम्बन्ध राख्यो । एउटी मानसिक विरामी अवोध युवतीमाथि पशुवत व्यवहार भयो । जबकी पीडित युवती आफूमाथिको पाशविक व्यवहार बलात्कार हो भन्ने बुझ्न समेत समर्थन छैनन् ।
सम्झनाकै शब्दमाः त्यस दिन के भयो ?
सम्झनाको पसल छेउमा एउटा होटेल पनि छ । दावा विहानदेखि त्यही होटेलबाहिर बसेर रक्सी पिइरहेका थिए र बेला-बेला चुरोट माग्न पसलमा आउँथे ।
यतिबेलासम्म त ठीकठाक थियो । सम्झना सुनाउँछिन्, ‘मलाई हातको इशाराले बोलायो । त्यसअघि उसँग कहिल्यै पनि बोलेकी थिइनन् । किन रहेछ भनेर म उसको छेउँ गएँ । उसले मलाई हातमा समायो र सीधै आफ्नो ग्रिल फ्याक्ट्रीमा लग्यो । टिनको छाना भएको कोठामा पुर्यायो र भित्रबाट चुकुल लगायो । मलाई भित्रभित्रै डर लागिरहेको थियो ।
उसले भन्यो – तिमीले बिहे गरेकी छ्यौ ?
मैले भनेँ – छैन ।
उसले भन्यो-मैले पनि छैन ।
त्यसपछि उसले पकेटबाट चुरोट निकाल्यो र सल्क्यायो । चुरोटको धुवासँगै केके कुरा गर्दै थियो । म उठेर हिँड्न लागेँ । उसले मेरो चुंगीमा समाएर तान्यो । अनि ममाथि आइलाग्यो । मलाई केके गर्न भन्यो । मुखमै गर्यो । म फुत्किन खोज्दै थिएँ । उसले एक घण्टासम्म चल्नै दिएन ।
साभार : मात्रिका पौडेल/विश्वास खड्काथोकी/अनलाइन खबर