नागरिक पोष्ट News


मध्यरातमा ५ वर्षिय बालिकाको निर्ममतापूर्वक बलात्कार , बालिकाको कारुणिक बयान आमा रगत धोइदिनुस

4.5K

भारतको सुरतको डिंडोलीकी ५ वर्षकी बालिका रातको २ बजे रगतै भएर बल्लतल्ल खोच्याउँदै घरमा पुगिन् । उनको निर्ममतापूर्वक बलात्कार गरिएको थियो । ती बालिका  राती आमासँग सुतिरहेकी थिइन् । सुतिरहेका बेला उनलाई कसैले मध्यरातमा उठाएर लिएर गइ बलात्कार गरेको थियो । जब उनी रुँदै घर फर्किन् त्यसपछि उनका आमाबुवा निकै आत्तिए । बिहान बालिकालाई अस्पताल लिएर गए जहाँ ४ डाक्६रको टिमले २ घण्टासम्म सर्जरी गरे । 

बालिकाको गुप्तांगमा २० टाँका लगाउनुपरेको बताइएको छ । भारतको सुरतको डिंडोलीकी ती बालिकालाई अस्पताल भर्ना गरेपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको गुप्तांगमा ६ इन्च भित्रसम्म घाउ भएको डाक्टरहरुले बताएका छन् । घाउ ठिक हुन डेढ महिना लाग्ने बताइएको छ । पुलिसले शंकास्पद ११ जनालाई हिरासतमा लिएको छ । आमाका अनुसार राती २ बजे सबैजना सुतेका थिए । त्यसपछि उनी पनि निदाइन् । राती २ बजे बालिका रुँदै आइन् । रगत बगिरहेको देखेपछि आमाले सोध्दा बालिकाले भनिन् ‘अंकलले लिएर जानुभएको थियो । उहाँले २ रुपियाँ पनि दिनुभएको थियो । तर, पैसा भने खै कता खस्यो ।’ बालिकाले आमालाई रगत धोइदिन पठाएकी थिइन् । 

बालिकाको अपरेशन गर्ने डाक्टरको टोलीको नेतृत्व गर्ने डाक्टर ध्वनी देसाइका अनुसार बालिकाको गुप्तांगमा निकै गहिरो घाउ छ । एनेस्थेसिया दिएपछि पूरा जाँच गर्दा थाहा भयो कि अपरेशनबिना उपचार सम्भव छैन । उनलाई भर्ना गरिएको छ । घाउ चरिन कम्तीमा डेढ महिना लाग्नेछ । बालिकाकी आमाका अनुसार बालिकाले भनेका कुराले उनी बलात्कारीलाई चिन्छिन् भन्ने बुझिन्छ । यद्यपि बालिकाको अवस्था निकै गम्भीर भएका कारण उनी बलात्कारीबारे केही बताउन सकिरहेकी छैनन् । यदि बलात्कारीलाई उनका अगाडि ल्याउने हो भने उनले चिन्न सक्ने प्रहरीको अनुमान छ । 

बालिकाका पिताका अनुसार उनी कुनै अन्जान व्यक्तिसँग कहिल्यै जान्नन् । यही कारण बलात्कारी चिनेजानेको व्यक्ति नै हुनुपर्छ । बालिकाकी आमाका अनुसार राती करिब २ बजे बालिका रुँदै लडखडाउँदै घर आएकी थिइन् । उनको गुप्तांगबाट रगत बगिरहेको थियो । उनले भनिन् ‘आमा रगत धोइदिनुस् ।’ बालिकाको हालत देखेर आमाको मुटु काँपेको थियो । बालिकाले अंकलले लिएर गएको भने पनि कुन अंकल भन्न सकेकी छैनन् । प्रहरीले ५ टिम बनाएर प्राप्त सुरागका आधारमा आरोपीको खोजी गरिरहेको जनाएको छ । 

Must View