नागरिक पोष्ट News


टीयु को प्रश्नपत्र यसरी ‘लिक’ हुने गरेको सनसनीपूर्ण खुलासा, १ लाख दिए पास

2.8K

 त्रिभुवन विश्वविद्यालयले लिएको प्रवेश परीक्षाको प्रश्नपत्र विद्यार्थी नेता र शिक्षकको मिलेमतोमा प्रश्नपत्र ‘लिक’ हुने गरेको खुलासा भएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रश्नपत्र लिक गराउन शिक्षक र विद्यार्थी नेता नै सक्रिय भएको पाइएको हो । 

लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)का अनेरास्ववियु नेता कमलराज जोशी र प्रवीण अधिकारीलाई प्रहरीले ताहचलस्थित महेन्द्ररत्न क्याम्पसको परीक्षा केन्द्रबाटै पक्राउ गरेको छ । अनेरास्वियूका इकाइ अध्यक्ष लोकेन्द्र बोहरा अझै फरार छन् ।

यसरी हुन्छ सेटिङ

बीएससी–सीएसआईटी पढ्नका लागि सरकारी कलेजमा नाम निस्किए २ लाख रुपैयाँमा अध्ययन गर्न सकिन्छ । तर, निजी क्याम्पसमा अध्ययन गर्दा कम्तिमा १० लाख रुपैयाँसम्म खर्च हुन्छ ।

त्यसैले सरकारीमा नाम निकाल्न विद्यार्थी जुनसुकै हदसम्म पनि जान तयार हुन्छन् । त्यसको फाइदा उठाउँदै संगठित रुपमा वषौंदेखि  प्रश्नपत्रको व्यापार हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Source : Onlinekhabar/ गौरव पोखरेल

 

Must View