एसपी विष्टबारे सनसनीपूर्ण खुलासा, यसकारण डिएनए मेल खाएन
निर्मला पन्त हत्याकाण्डका कारण निलम्बनमा परेका कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको डीएनए र मृतक निर्मला पन्तको भेजिनल स्वाबको डीएनए परीक्षण गर्दा म्याच भएन ।
विष्टकोमात्र होइन उनका छोरा र किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुश विष्टको पनि डीएनए परीक्षण गरिएको थियो ।
यी कसैको पनि डीएनए म्याच नभएपछि एक प्रश्न उठेको थियो कतै डीएनए परीक्षणमा त गडबडी भएन ? प्रहरी प्रधान कार्यालय नक्सालले सो प्रश्नको सोमबार जवाफ दिएको छ ।
प्रधान कार्यालयले सोमबार विज्ञप्ति जारी गरी यी तीनजनाको डीएनए दुई प्रयोगशालाबाट परीक्षण गरेको जनाएको छ । उसले डीएनएको परीक्षण प्रतिवेदनमा आशंका नगर्नसमेत भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, '१३ वर्षीया बालिका निर्मला पन्तको विषयमा एसपी विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनए परीक्षण नेपाल प्रहरीको प्रयोगशालमा मात्र नभएर राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि गरिएको ।'
गएको साउन ११ गते भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । उनको शव एक उखुबारीमा नग्न अवस्थामा फेला परेपछि बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको थियो । शवको पोस्टमार्टम प्रतिवेदनले पनि बलात्कार भएको पुष्टि गरेको थियो ।
सो हत्या प्रकरणमा तत्कालीन जिल्ला प्रहरी नेतृत्वले प्रमाण नस्ट गरेको भन्ने स्थानीयको दावी र सरकारले गठन गरेको उच्च स्तरी छानविन समितिका सिफारिसमा एसपी विष्ट र दुई डिएसपी र एक इनिस्पेक्टरलाई निलम्बन गरिएको छ ।
सबै डीएनए रिपोर्ट नेगेटिभ आएपछि यो हत्याकाण्डका दोषी नै पत्ता नलाग्ने गरि अनुसन्धान गञ्जागोलमा फसेको छ । यद्यपी प्रहरीले एआईजी धिरु बस्न्यातको नेतृत्वमा शक्तिशाली छानविन समिति बनाएको छ । सो समितिले प्रतिवेदन दिइसकेको छैन ।