नागरिक पोष्ट News


सेरेना विलियम्सले टपलेस भिडियो शेयर गरिन् (भिडियोसहित)

3.6K

टेनिस स्टार सेरेना विलियम्सले शनिबार आफ्नो इन्स्टाग्राममा आफ्नो टपलेस भिडियो शेयर गरेकी छिन् । भिडियोमा ३७ वर्षकी यी टेनिस स्टार शरीरको माथिल्लो भाग पूरै नाङ्गिएकी छिन् । उनले आफ्ना दुवै स्तनलाई आफ्ना हातले ढाकेकी छिन् । भिडियोसँगै सेरेनाले एउटा सन्देश पनि लेखेकी छिन् । 

सेरेनाले लेखेकी छिन् ‘यो स्तन क्यान्सर जागरुकता महिनामा मैले डिभिनिल्सको ग्लोबल हिट गीत ‘आइ टच माइसेल्फ’ रेकर्ड गरेकी छु । ताकि सबै महिलालाई आफ्नो स्वास्थ्य जाँच आफैं नियमित रुपमा गर्न सम्झना भइरहोस् । हो यस्तो गर्दा मलाई केही असहज हुन्छ तर मैले यस्तो गर्न चाहें किनकि यो यस्तो समस्या हो जसले संसारभरका हरेक महिलालाई प्रभावित गर्छ चाहे ती जुनसुकै वर्णका होउन् ।’ हेर्नुहोस् भिडियो –

 

Must View