नागरिक पोष्ट News


चाडपर्व सुरक्षा योजनाः ३५०० प्रहरी परिचालन

1.9K

महानगरीय प्रहरी परिसर, काठमाडौले पनि दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ।  

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी चाठबाडमा बढि भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तिय संस्था, ठूल्ठूला सपिङ मलहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रमुख लामाले बताए।

जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ। गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ।

परिसरले दसैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन ३ हजार ५ सय ३५ जना जनशक्ति परिचालन गरेको छ। टिकट काउन्टर र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा परिसरले पनि व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरेको छ। प्रमुख लामाले व्यक्तिको सम्पत्तिको सुरक्षा, बंैक, वित्तिय संस्थाहरुमा हुने लुटपाट नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए।

Must View