नागरिक पोष्ट News


निर्मला हत्या प्रकरण : गृहमन्त्री र प्रहरी प्रमुखकै विकल्पको खोजी

2.1K

कंचनपुरकी १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको तर सरकारले अपराधी पत्ता लगाउन नसकेको पनि साढे २ महिना भैसकेको छ। 

बलात्कार पछि हत्या भएकोमा प्रहरीले सुरुवाति अनुसन्धानको नाममा प्रमाण मेटाउने काम गरेको पुरा विश्वले विभिन्न भिडियो क्लिपहरु मार्फत देखेको छ। प्रहरीले किन र कसकालागि प्रमाण नष्ट गर्ने काम गरेको भन्ने कुरा पनि जनताहरुको चाँसोको बिषय हुन गएको छ। 

निर्मला हत्या प्रकरण: प्रहरी प्रमुख बर्खास्त हुन सक्ने !

गृहमन्त्री रामबहादुर थापाले पनि सार्वजनिक रुपमा प्रहरीबाट गल्ती भएको बताइसकेका छन्। 

प्रहरी प्रमुख सर्वेन्द्र खनालले प्रहरी प्रशासनलाई राम्रो नेतृत्व दिन नसकेको र बर्खास्त गर्नु पर्ने आवाज नेकपा भित्र बढ्दै गएको नेकपाका एक नेताले बताएका छन्।  

अपराधीको नजिक पुग्न असक्षम प्रहरीले गर्दा सरकार बदनाम हुन परेकोले  पनि प्रहरी संगठन प्रमुख पहिलो निशानामा पर्नु स्वभाविक रुपमा नै हेरिंदै आएको छ। देशब्यापी नागरिकहरुले नजिकबाट हेरिरहेको निर्मला प्रकरणमा कुनै सफलता हात नलाग्नु सरकारको साखका रुपमा हेरिएको छ।

यसैक्रममा प्रहरी माहानिरिक्षक मात्र होईन गृहमन्त्रीको बर्खास्तीको प्रसंगहरु पनि उठिरहेको बताईएको छ। गृहमन्त्रीले पनि धेरै बोलेको तर काम केही नगरेर सरकारको साख गिराएको आरोप पार्टीका नेताहरु शिर्ष नेताहरुलाई नियमित लगाईरहने स्रोतले जनाएको छ।

Must View