राजंस्था फर्काउने खेल ! हेर्नुहोस् को - को लागि परेका छन्
काठमाडौं – राजनीतिक अस्थिरता निम्त्याउँदै भारतको सहयोगमा दरबारले टाउको उठाउने खेल सुरु गरेको छ ।यसैका लागि निरन्तर पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको थाइल्यान्डदेखि भारतसम्मको भ्रमणको कार्यक्रम तय भएको थियो । अहिले थाइल्यान्डमा रहेका ज्ञानेन्द्र र हिमानी केही समयमा भारत भ्रमणका लागि पुग्नेछन् । उनीहरूको व्यवस्था परिवर्तनका लागि भएको कसरतलाई भने दरबारले अस्वीकार गरेको छ ।
शाही सचिवालयका प्रेस तथा सूचना हेर्ने अधिकारी डा. फणि पाठकले एउटा विज्ञप्ति जारी गर्दै ‘दरबारसँग जोडिएर आएका राजनीतिक विषयमा सत्यता नभएको’ दाबी त गरेका छन् । तर दरबारको पतन गराउने भारतीय कार्डमार्फत नै दरबारको साख उठाउने तयारी भइरहेको उच्च स्रोतहरूको दाबी छ ।
यसैको संकेतका आधारमा नै पूर्वराजा ज्ञानेन्द्र शाहले २०१९ को भारतीय चुनावपछि नरेन्द्र मोदीको सत्तारोहणको दोस्रो इनिङ हुँदा नेपालमा राजतन्त्र फर्किने र आफु कुनै न कुनै प्रारूपमा पुर्नस्थापित हुने संकेत गरेको हल्ला डिजिटल मिडियामा प्रकाशित भए ।
राजंस्था फर्काउने अन्तिम तयारी, क–कस्को साथपूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले ज्ञानेन्द्रका पालामा तत्कालिन माओवादीसँगको वार्तामा भारतको सक्रियतालाई ध्यान नदिँदा नै राजतन्त्रको अवशानको विन्दु पहिल्यिएको संकेत गरेका छन् । नेपालमा बढेको अन्धराष्ट्रवाद र भारतविरोधी भावनालाई अन्त्य गर्न पनि त्यहाँको संस्थापनले पूर्वराजालाई सहयोग गर्ने बताइएको छ ।
भारतीय संस्थापनसँग सिधा सम्पर्क रहेका व्यापारी, उद्यमी, एजेन्सीका अधिकारीलाई बैंककमा पूर्वराजाले भेटेका छन् । स्रोतहरूको दाबी छ– नेपालमा फेरि अस्थिर राजनीति बनाएर राजतन्त्रलाई फर्काउने तयारी भएको छ ।