नागरिक पोष्ट News


नेपाली प्रधानमन्त्रीको शानदार अंग्रेजी भाषण : युएन महासभामा, सिर ठाडो पार्ने ओलीको भाषण Video

5.2K

 प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गरेका छन् । अमेरिकाको न्युर्योकमा जारी महासभामा सम्बोधन गर्दा एक नयाँ प्रयोग देखियो, जुन नेपालका कुनैपनि प्रधानमन्त्रीले यस अगाडि गरेका थिएनन् ।

ओलीले आफ्नो लिखित भाषण टेलि प्रम्पटरको प्रयोग गरेर बाचन गरे, जसले गर्दा उनको अंग्रेजी प्रस्तुती दमदार देखियो ।

युएन महासभालाई सम्बोधन गर्दा ओलीले लिखित अंग्रेजी भाषण वाचन गरेका थिए । तर उनले घोप्टो मुन्टो लगाएर कागजका पाना पल्टाउँदै भाषण गरेको देखिएन । उनी दायाँ र वायाँ तर्फ मुन्टो घुमाउँदै प्रम्पटरमा आँखा गाढेर भाषण दिएका थिए । हेर्नलाई ओलीले खरर अंग्रेजीमा भाषण दिए भन्ने पर्यो ।

यो भिडियो हेर्नुस्ः

के हो त प्रम्पटर ?

प्रम्टरको माध्यमबाट वक्ताले दर्शकसँग आँखा मिलाएर लिखित भाषण दिन सक्छन् । घोप्टो मुन्टो लगाएर भाषण पढ्नुपर्ने अवस्थालाई प्रम्पटरको प्रयोगले सहज गरिदिन्छ । कागजमा भाषण उतारेर पढ्ने हैरानीको समाधान हो-प्रम्पटर । जसले नेताको भाषणकलामा अझ निखार ल्याउँछ । जुनसुकै भाषामा पनि सहजै भाषण गरेको जस्तो देखाउन प्रम्पटर सहयोगी हुन्छ ।

प्रम्पटर मुख्यतः टेलिभिजन प्रस्तोताका लागि प्रयोगमा आउँछ । प्रस्तोताले क्यामेरासँग आँखाको भाका मिलाएर समाचार वा लिखित स्क्रिप्ट पढेको देखाउन यसको प्रयोग हुन्छ । विदेशतिर गायक वा कलाकारहरूले प्रस्तुतीका समय आफ्ना लाइनहरू नछुटुन् भनेर पनि यसको प्रयोग गर्ने क्रम बढ्दो छ ।

Must View