घटस्थापनामा सार्वजनिक बिदा आवश्यक छ - डा. अजय
कान्तिपुर पाठक मञ्चबाट
दसैं हिन्दु मात्रको धार्मिक चाड नभई सारा नेपालीको सांस्कृतिक पर्व बनिसकेको छ । तर अफशोच † सरकारी तहमा यो राष्ट्रिय चाडको उचित पहिचान हुनसकेन ।
१५ दिनसम्म चल्ने यो चाडमा पहिलो दिन घटस्थापना गरी जौं, मकै रोपी दुर्गाको आह्वान गरी ९ दिनसम्म पूजा गरी दसौं दिन विजयादसमीमा त्यही घटको जल अभिशेक गर्ने, जमरा प्रसादका रूपमा मान्यजनको हातबाट लगाउने गरिन्छ । तर सरकारले जमरा लाउने दिनको पहिचान गरी विदा दिएको छ ।
दसैं कोठामा फूलपाती भित्र्याउने, काली अनि नवदुर्गाको पूजा गर्ने दिनहरू फूलपाती, महाष्टमी, महानवमीको दिन पनि बिदा नै छ । तर दुर्गा आह्वान गर्ने, जमरा रोप्ने दिन भने विदा नपाउने, फुर्सद नहुने ? ‘पूजा गर, प्रसाद लगाऊ’ भन्छ सरकार । तर आह्वान नै नभएकी देवीको प्रसाद कसरी लगाउने ? अनेकौं तन्त्र, दिवसहरू जस्तो होइन, घटस्थापना । बेला घर्किसकेको छैन । सरकारले यो गल्ती सच्याओस् । घटस्थापनाको विदा देओस् । – डा. अजय रिसाल
धुलिखेल अस्पताल, काभ्रे