नागरिक पोष्ट News


मेरो देश डुब्नै लाग्यो, संसदमा माधव नेपालको विलौना (भिडियो सहित)

3.9K

सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले संसद बैठकमा भावुक शैलीमा प्रधानमन्त्रीले कहाँ छ सरकार ? कहाँ छन् गृहमन्त्री भन्दै देशमा भैरहेका हत्या हिंसा र वेथितिमाथि वडो चिन्ता व्यक्त गरे ।

नेपालले भ्रष्टाचार नियन्त्रणका कुरा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निर्मम प्रश्न गरे–जो भ्रष्टाचारी छ, जो अयोग्य घोषित भैसकेको छ उही पुनर्वाहाली गर्ने यो के तरिका हो ?’ नेपालले भनेका थिए –‘बाटोमा हिड्दा, पसलमा उभिदा सुन्नै लाज हुने, कान छोप्नु पर्ने अवस्था भो, कहाँ छन् गृहमन्त्री ?’

कालोसूचीमा परेका र आपराधिक कार्यमा संलग्न नै पुरस्कृत हुनु नातावाद, कृपावाद र अस्वस्थ खेलमा सरकार लिप्त भएको भन्दै चोक चोकमा सरकारको व्यापक आलोचना भएको बताए ।

सिके राउततर्फ संकेत गर्दै नेता नेपालले मुलुकको राष्ट्रियता र भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम भइरहँदा पनि गृहप्रशासन मौन रहेको भन्दै उनले सरकारलाई सुन्ने बानीको विकास गर्न सुझाव दिए । सरकारका क्रियाकलापले सत्तारुढ दलकै नेता कार्यकर्ताहरुलाई लज्जास्पद बनाइरहेको तर्क उनको थियो । सर्वत्र सरकारका काम कारवाहीको विरोध, आलोचना र खिसिट्युरी हुने गरेकोमा लाज लागेको उनले भावुक हुँदै सुनाएका थिए । नेपाल बोल्दा संसद बैठकमा सन्नाटा छाएको थियो भने, नेकपा सांसदहरू एकतमास बनेका थिए ।

Must View