होशियार ! सिरानीमूनि मोबाइल राखेर नसुत्नुस् यसरी ज्यानै जान सक्छ
मोबाइल फोन राति प्रयोग गरिसकेपछि सिरानीमूनि राख्ने धेरैको बानी छ । प्रायः मानिस मोबाइल सिरानी मुनी नै राखेर सुत्ने गर्छन्। मोबाइल बाक्दा नै शरिरका विभिन्न अंगमा असर त गरिरहेकै हुन्छ भने रातभरि सिरानीमा राखेर सुत्दा के होला ?
मोबाइलबाट निस्किएका क्यौ हानिकारक विकिरणहरु खास गरि (९०० मेगा हर्ज़ रेडियो फ्रीक्योंयनसि)मानव शरिरमा धेरै किसिमका रोगहरु उत्पन्न गराउन सक्छ ।
त्यस मध्य पनि मोबाइल फोनबाट निस्कने माइवेव विकरणलाइ स्वास्थ्यमा धेरै प्रतिकुल प्रभाव पर्ने मानिएको छ ।
विभिन्न स्वास्थ्य अनुसन्धानहरुले दवा गरे अनुरुप मोबाइलबाट निस्कने विकिरणले सम्भवतस् उच रक्तचाप, टाउको दुखाइ, ब्रेन टयूमर, अलजाइमस र क्यान्सर सम्म पनि गराउन सक्छ ।
फिनलैंडका बैज्ञानिक दरियूसलेसजेकजिनसकिले गरेको अनुसन्धानले मोबाइल विकिरण संग सम्पर्कमा आउने मानव कोषहरुको मस्तिष्कमा एंटी आँक्सीडेंट एंजाइम नाँन एन्जिमेटिक एंटी आँक्सीडेंटको स्तरमा परिवर्तन पाइएको र लिपिड पेरोकसीडेशन बढेको पाइएको छ ।
उक्त प्राणीहरुको ब्रेनको हिसटोलोजिकलसटडीले हिप्पोकैम्स, सव हिप्पोकैम्पस र सेरिब्रनकरतेस्का मस्तिष्क कोषहरु पनि विगठित भइ मरेको पाइएको थियो ।