नागरिक पोष्ट News


बढ्दो बलत्कारका घटना : ९ महिनाकी दुधेबालिका देखि ७० वर्षकी वृद्धा सम्म बलात्कारका शिकार

3.2K

महिला तथा बालिका माथि हुनेगरेका हिंसात्मक घटना घट्नुको साटो बढ्दै गइरहेका छन्। ९ महिनाकी दुधेबालिकादेखि ७० वर्षकी वृद्धासम्म बलात्कारको शिकार बनेका छन्। तर सरकार निरीह बनेको छ । घटनाको छानबिन गरी यस्ता जघन्य अपराधलाई कानुनी दायरामा ल्याउन नसक्नु जनताका लागि निकै पीडादायक छ। बलात्कारका घटना औँला भाँचेर गनिसाध्य छैनन्। गत साउनमा निर्मला पन्तको बलात्कार र हत्यापछि मात्रै ४ वटा बलात्कारका घटना लगातार घटेका छन्।

गत साउन १४ गते रुपन्देही सियारी गाउँपालिकाकी २ वर्षीया दुधे बालिका घरभित्र नै बलात्कारको शिकार भइन्। झापा दमकमा गत साउन २९ गते कक्षा ९ मा अध्ययनरत १४ वर्षीया किशोरी सोनाली (नामपरिबर्तन) सामुहिक बलात्कारको सिकार भइन् । साउन महिनाकै अर्को घटना चितवन भरतपुरमा साउन ३० गते १७ वर्षीया किशोरी प्रमिला ( नामपरिवर्तन ) र साउन ३१ मा माडी नगरपालिका ३ बघौडाकी १५ वर्षीया किशोरी सपना ( नामपरिवर्तन) लाई सामुहिक बलात्कार गरिएको थियो।   

भाद्रमहिनामा १५ जनाभन्दाबढी बालिका, किशोरी तथा महिला बलात्कारको शिकार बन्न पुगेका छन्। हेटाँैडा उपमहानगरपालिका बसामाडिकी ४३ वर्षीया अपांंगता भएकी महिला सिता ( नामपरिवर्तन)  लाई भदौ २ गते घर नजिकैको कुवामा कपडा धुन गएको बेलामा ३३ वर्षीय राजाराम नेपालीले बलात्कार गरेका  थिए। 

पोखराको लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव भदौ ८ गते शुक्रबारका दिन घरबाट साढे २ किलोमिटर टाढा भेटिएको थियो। महोत्तरी औरही नगरपालिकाका सन्तोष चौधरीकी ९ महिने बालिका अपहरण पछि हत्या गरिएको थियो। बालिकालाई भंगाहा सीतापुर ६ जमुनियाका भरत साहले खेलाउने बहानामा भाद्र १० गते अपहरण गरेका थिए। पोखरा फेवातालको ड्यामसाइड पार्क नजिक १८ वर्षीया सुस्मिता लामिछानेको शव फेलापरेको थियो। भदौ १४ गते बहिबार कन्चनपुर बेलडाँडा १ की पन्ध्र वर्षीया युवती रिता ( नामपरिवतृन ) बलात्कृत भइन्।

भदौ १५ गते कञ्चनपुर बेलडाँडी गाउँपालिका २ ढकनीयाका ५७ वर्षीय राजेन्द्र विष्टले आफ्नै छिमेकीका ६÷६ वर्षका दुई बालिकालाई आफ्नै घर लगेर बलात्का गरेका थिए। भदौ १८ गते ललितपुर कोडु खोलाबाट पुर्वपट्टिको गाउँमा ३९ वर्षीय बुबाले आफ्नै १० वर्षीय छोरी दिलिसा ( नामपरिवर्तन ) लाई बलात्कार गरेका थिए। भदौ २१ गते राजधानीको किर्तिपुरमा ११ वर्षीया किशोरी सोना ( नामपरिवर्तृन ) लाई कैलाली घोडाघोडिका २५ वर्षका हेम खत्रीले बलात्कार गरेका थिए। रौताहट चन्द्रपुर नगरपालिका ६ की  १८ वर्षीया सम्झना दास र बहिनी १५ वर्षीया सुस्मितालाई राति सुतिरहेकोबेला अज्ञात समूहले अनुहारमा तेजाब हानेर फरार भएका थिए।

राजधानीकै स्युचटारमा यहि असोज १ गते सोमबार २१ वर्षीया युवती सलिना ( नामपरिवर्तन ) अर्जुनलामा, कृष्ण नगरकोटी र सूर्य लामाबाट सामुहिक बलात्कारको सिकार भइन्। असोज १ गते नै राति म्याग्दी गाउँपालिका वडा न ६ घार धरमपानीमा १५ वर्षीया किशोरी एलिजा ( नामपरिवर्तन ) अर्जुन परियार र नविन परियारबाट सामुहिक बलात्कारको सिकार भइन्। मंगलार मात्रै बिहान ८ बजे पोखरा महानगरपालिका पुदीभुम्दीको कोदी भन्ने स्थानमा १० वर्षीया श्रेया सुनुवार मृत अवस्थामा भेटिएकी छिन्। हरेक दिन जसो महिला तथा बालिका मृत अवस्थमा भेटिन थालेका छन्।  यस्ता दर्दनाक घटनाले राज्य, सरकार र सिंगो मानबअधिकारको नै खिल्ली उडाएको  महिला अधिकारकर्मीले टिप्पणी गरेका छन्।   

निर्मला घिमिरे

Must View