नागरिक पोष्ट News


अमेरिकामा ओलीले अंग्रेजीमा पढाए, नेपाली वीरताको पाठ (भिडियो सहित)

4.6K

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका छन् । उनी न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा अतिथि वक्ता थिए । अंग्रेजी भाषामा सम्बोधन पछि ओली अन्तरकृया र प्रश्नोत्तरमा सहभागी भए ।

शान्ति, लोकतन्त्र र विकास शीर्षकमा ओलीको प्रस्तुती सुन्न अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड पनि अडियन्समा थिए । 

सम्बोधन पछिको अन्तरकृया निकै रोचक बन्यो । प्रस्तोताले एशियाकै पुरानो स्वतन्त्र मुलुक भनेर भन्नु भ, यहाँ उपस्थित अमेरिकीहरूलाई यसबारे अलि विस्तृतमा भनिदिनुस् भनेपछि ओलीले नेपालको इतिहास कोट्याए ।

ब्रिटिश साम्राज्यसँग नेपालीहरु नाइफ (चक्कु) का भरमा लडेका देखि नेपाली वीरताको व्याख्या उनले मजाले गरे । बन्दुकका अगाडी चक्कुले लडेको सुनाउँदा प्रस्तोता सरप्राइज भए ।

नेपालको विकास सपना, भारत चीनबीचमा सन्तुलित सम्बन्ध हुँदै सिंगो एशियामा नेपालले सार्क र विमिस्टेक मार्फत क्षेत्रीय समन्वय एवं विकास साझेदारीको पहल लिएको बताउँदै ओलीले आफूलाई क्षेत्रीय तहको नेतृत्वकर्ताको हैसियतमा उभ्याउन पनि भ्याए ।

Must View