बलात्कारबिरुद्ध चुपचाप किन ? १६ वर्षमै बलत्कारको शिकार भएकी पद्मलक्ष्मीको सनसनीपूर्ण खुलासा
टेलिभिजन दुनियाकी चर्चित अनुहार तथा चर्चित लेखक सलमान रुश्दीकी पूर्व पत्नी पद्मलक्ष्मीले किशोरावस्थामा आफ्नो बलात्कार भएको खुलासा गरेकी छन्।
पद्मलक्ष्मीले आफ्नो विगतलाई सार्वजनिक गर्ने निर्णय त्यतिबेला लिइन् जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतकालागि नामित ब्रेट वैवनामाथि लागेको यौन दुराचारको आरोपको बचाउमा डाक्टर क्रिस्टिना ब्लेजी फोर्ड यौन दुराचारका विषयमा यतिबेलासम्म किन चुप लागिन भन्ने अभिव्यक्ति दिएका थिए।
‘१६ वर्षको उमेरमा मेरो बलात्कार भएको थियो तर म चुपचाप बसेँ’पद्मलक्ष्मीले न्युयोर्क टाइम्स एक लेख लेख्दै आफूमाथि भएको बलात्कारका बारेमा उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, ‘मलाइ १६ वर्षको उमेरमा मेरा केटा साथीले मेरो बलात्कार गरेका थिए। मैले यो विषयमा यसकारण आवाज उठाइन की यसमा मेरो पनि गल्ती छ।’
पद्मलक्ष्मीले अगाडि लेखेकी छन्, ‘मलाइ सम्झना छ, तीव्र दुखाइका कारण मेरो निन्द्रा खुलेको थियो। कस्तोसम्म भयो भने मेरो खुट्टामा कसैले चक्कु प्रहार गरेको छ। उ म माथि थियो। मैले सोधेँ तिमी के गरिरहेका छौ? उसले भन्यो सो सामान्य दुखाइ हो। मैले भने कृपया मलाइ छोडिदेउ र म चिच्याएर रुन थालेँ।’
I wrote an Op-Ed for @nytimes about something terrible that happened to me in my youth, something that happens to young women every day. We all have an opportunity to change the narrative and believe survivors. https://nyti.ms/2DvLAox
डेटमा बलात्कारको अर्थ हो तपाइँमाथि त्यो व्यक्तिले बलात्कार गर्यो जो तपाइँले चिनजानको व्यक्ति हो। पद्मलक्ष्मीलाई पनि आफू बलात्कारमा परेको बताएको भए मानिसहरुले राति केटाको अर्पाटमेन्टमा किन गएकी भनेर प्रश्न गर्न सक्ने लागेको थियो। उनले सात वर्षको उमेरमा आफूमाथि दुव्र्यवहार भएको पनि लेखेकी छन्।
- बीबीसी हिन्दीबाट