नागरिक पोष्ट News


हार्दिक अनुरोध ! श्रद्धाञ्जली तथा दिप प्रज्वलन, बलत्कार बिरुद्धको जनदबाबका लागि

4K

बलत्कार बिरुद्धको ससक्त आवाजका लागि  सहभागीको !

देशमा महिला हिंसा दिनानुदिन बढदै गएको र सो प्रति सम्बन्धित निकायको सुस्त प्रकिया र सजिलो अपराध दण्ड–जरिवानाको कारण देशमा अपराध गर्ने मनोवृतिमा बृद्धि र सरसमाजमा सशंका र भयको माहोल बन्दै गएको छ । हालैको ताजा घटनामा एसिड प्रहारबाट गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएकी सम्झना दासको शोकमा निम्न मिति र स्थानमा श्रद्धाञ्जली तथा दिप प्रज्वलन कार्यक्रम हुन गईरहेकोले यस दुखद घडीमा सम्पूर्ण काठमाण्डौ बासीलाई उपस्थितिको लागि अनुरोध गरिन्छ। महिला हिंसा विरुद्ध एकजुट भई दोषी माथी कारवाहीको लागि सशक्त अवाज उठाउनको लागि अनुरोध गरिन्छ ।

मितिः २०७५असोज १० गते बुधबार स्थानः माइतीघर मण्डलामा समयः बेलुका ५ः०० बजे 

# जयनारी

Sabitri Subedi

Must View