#रोकिएन_बलात्कार : पोखरामा १० वर्षिय बालिकाको बलत्कार गरी यसरी हत्या, नरपिचाश कुशल !
पोखरामा मृत भेटिएकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि भएको छ । बिस्कुट किन्न भनेर श्रेया सोमबार साँझ घरबाट निस्केकी थिईन् । उनी साँझ अवेरसम्मपनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दापनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा केही चोटहरु र छेउमा ढुङ्गाहरु थिए । यो घटना भएको १६ घण्टामै अपराधि पक्राउ गर्नसफ भएको प्रहरीको दावी छ ।
यसरी भयो श्रेयाको बलत्कार पछि हत्या
अनुसन्धान टोलिको नेतृत्व गरेका प्रहरी नविन कार्कीका अनुसार श्रेया पसलमा बिस्कुट किन्न भनेर १० रुपैयाँ लिएर गएकी थिईन् । बिस्कुट किनेर फर्कने क्रममा बाटोमा उनका छिमेकी रहेका कुशुम पौडेल रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।