नागरिक पोष्ट News


सुर्खेतमा १७ शैया फिस्टुला केन्द सञ्चालनमा, स्वास्थ्य सेवामा आइएनएफको भुमिका सर्हानीय

6.4K

आई.एन.एफ. साईनिङ अस्पताल सुर्खेतले क्षेत्रिय अस्पताल कालागाउ हाताभित्र निर्माण गरेको १७ शैया फिस्टुला केन्द्र सञ्चालनमा आएको छ ।  सामाजिक विकास मन्त्री दल रावलले फिस्टुला केन्दको उद्घाटन गर्दै समृद्ध र स्वस्थ प्रदेशको लागि आइएनएफको योगदान अतुलनीय रहको बताए् ।   फिस्टुला केन्द्रको सञ्चालनले अब कुनै पनि फिस्टुलाका विरामी अब उपचार अभावमा तड्पीन पर्ने छैन त्यसको निशुल्क उपचार संगै सम्पुर्ण खर्च व्यवस्थापन अस्पतालसंगको समन्वयमा संस्थाले गर्ने छ भने आईएनएफले यो रोगको उपचारकोलागि काठमाण्डौमै जानु पर्ने छैन।  प्रदेश मन्त्री रावलले नेपालकोलागि मात्रै सहायता जुटाउने एकमात्र संस्था आए.एन.एफले गरीब र दीनदुखीहरुको लागि स्वास्थ्य उपचारमा विगत छ दशक देखी गरेको कामहरुको प्रदेश सरकारले उच्च मुल्याङ्कन गरेको बताए । महिलाहरुमा लामो प्रशव वेदनाको कारणले पिसाव थैलीमा प्वाल परी पिसाब चुहिने समस्या वा फिस्टुला रोगको निदानकोलागि संस्थाले ६ करोडको लागतमा भवन निर्माण गरी केन्द्र नै स्थापना गरेकोमा आभार प्रकट गरे । उनले भने हामी सानै छदा यस संस्थाको नाम सुनेका थियौ, समाज विकासमा काम गरीरहेको थाहा थियो तर आज आफैले देख्ने मौका पाईयो । यो कुरा प्रदेश सरकारकोलागि गौरवको कुरा हो । 

कार्यक्रममा आई.एन.एफका अपरेशन डाईरेक्टर तथा समारोह अभ्यक्ष ढाकाराम बुढा मगरले उपचारमा कर्नाली प्रदेशका १० जिल्ला र प्रदेश ७ का अछाम, कैलाली लगायत क्षेत्रका विरामीहरु आउने अपेक्षा गरीएको बताउदै धरान र काठमाण्डौमा मात्र उपलब्ध यो सेवा कर्नाली प्रदेशमा यो विशेषरुपले शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए ।  आई.एन.एफले बर्षेनी फिस्टुलाको बारेमा शिविरको आयोजना गर्ने गरे पनि अझै पनि गाउ घरमा सरकारी र गैरसरकारी क्षेत्रबाट कमै जनचेतनाको कारण यस रोगको बारेमा जानकारीको अभाव रहेको पाईन्छ । चिकित्सकका अनुसार प्रशब वेथा लामो हुदा बच्चाको टाउकोले योनी मार्ग थिचियर रक्त संचार बन्द भई उक्त भागमा रहेको नरम मासुमा असर पर्दा प्वाल परे पछि निरन्तर पिशाव चुहिने समस्याकारुपमा फिस्टुला  हुन्छ । क्षेत्रिय अस्पताल प्रमुख मेडिकल सुपीटेन्डेण्ट डा. डम्वर खड्काले फिस्टुला केन्द्र स्थापनाले  कर्नालीको जनस्वास्थ्य क्षेत्रमा ठुलो मद्धत पुग्ने बताए । कार्यक्रममा युवा गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष नारायण गिरी लगायत विभिन्न सरोकारवाला क्षेत्रका विभिन्न व्यक्तित्व सहभागि उक्त कार्यक्रममा केन्द्रले स्तरी सेवा दिने विश्वास व्यक्त गरे  । आई.एन.एफले उपचार गरेर निको भएका विरामीको कथा समेत प्रस्तुत गरीएको सो नव निर्मित भवन जर्मन सरकारको बीएमजेट टेराटेक र आई.एन.एफमा संलग्न विश्वभरीका अभियान्ताहरुले संकलन गरेको रकमबाट निर्माण गरीएको थियो । 

आई.एन.एफले सुर्खेत लगागत  नेपालगंज, दाङमा साईनिङ अस्पताल मार्फत समान्य र एशियाली मापदण्डको पोखराको हरियो खर्कमा विशिष्ट स्वास्थ्य सेवाहरु जनस्तरमा आधारीत भएर सशुल्क र निशुल्करुपमा संचालन गरी रहेको छ, भने योगदानमा आधारीत स्वरोजगारी र स्वास्थ्य सेवा नेपालमै नयाँ प्रयोग भएको बताईएको छ ।  उद्घाटन समारोहमा ६५ बर्ष देखी नेपालमा कार्यरत आईएनएफको अभियनमा सहयोग गरेका विभिन्न व्यक्ति तथा पत्रकार लिल प्रकास चन्दलाई सम्मान गर्नुको साथै दुई दशक देखी नेपालमा आईएनएफ सुर्खेतमा सक्रिय विदेशी नागरीक सेरी लाई विशेष सम्मान दिइएको थियो ।  

Must View