नागरिक पोष्ट News


विश्वाका ५ खतरनाक महिला जासुसको जीवन हैरान गर्ने कथा

4K

 केही महिलाका कथा छन् जो वास्ताविक जीवनमा खतनाक जासुस रहे । र उनीहरुको जीवन हैरान गर्ने कथा भरिएको छ । 

डवल एजेन्ट माता हारी 

मार्गेथा गरीत्रुइदा म्याकलियोड जसलाई माता हारीको नामबाट चिनिन्छ । माता हारी एक कामुक नृत्यांगना थिइन् । जसलाई प्रथम विश्व युद्धमा जासुसी गरेको आरोपमा गोली हानिएको थियो ।

माता हारीको जीवनमा आधारित हलिउडमा १९३१ मा एक फिल्म बनेको थियो । जसको मूख्य भूमिकामा ग्रेटा गर्बो थिइन् । मार्गेथाको जन्म हल्याण्डमा भएको थियो । बिहे एक सैन्य क्यापेटनसँग । एक खराब सम्बन्धमा फसेकी मार्गेथाले आफ्नो नवजात शिषुलाई पनि गुमाइन् । 

१९०५ मा मार्गेथाले आफूलाई माता हारीको नामबाट चिनाइन् र इटालीके मिलानस्थित दा स्काला र पेरिसको ओपेरामा एक कामुक नृत्यांगना बनिन् । अब मार्गेथा हराई सकेकी थिइन् । र जो दुनियमा थिइन् उनी माता हारी थिइन् । 

banner

उनको पेशाका कारण उनलाई देशविदेश घुमिफिर गर्न कुनै समस्या थिएन । यसै कारण प्रथम विश्व युद्धका बेला जर्मनीले माता हारीलाई रुपैयाँको बदलामा सूचना दिन प्रस्ताव गर्यो । उनी यसप्रकारले जर्मनीकी जासुस बनिन् ।

माता हारीले आफै त कसैलाई मारिनन् । तर, उनको सूचनाका कारण ५० लाख फ्रेन्च सैनिक भने मारिए ।

यो घटनापछि फ्रेन्च अधिकारीलाई माता हारीमाथि शंका भयो । र उनलाई फेब्रुअरी १९१७ मा गिरफ्तार गरियो । अक्टुबरमा उनलाई गोली हानियो । उनको मृत्यु भएको १०० वर्षपछि उनको अपराधमाथि फेरि बहस शुरु भयो । माता हारी आज पनि ‘फेमिन् िसिडक्शन’ र धोकेवाजको प्रतिकका रुपमा लिइन्छ । 

शार्लेट कार्डी  शार्लेटको पूरा नाम शार्लेट डी कार्डी हो । उनी फ्रान्सको क्रान्तिमा सहभागी भएकी थिइन् । शार्लेट एक गिरोडिन थिइन् ।

फ्रान्सी क्रान्तिमा गोरिडिन ती भए जो राजशाहीलाई खत्म त गर्न चाहन्थे तर हिंसाका विरोधी थिए । तर क्रान्तिका लागि हिंसा नस्वीकार्ने शार्लेटले विपक्षी नेता ज्याकोबिन समूहका नेता जीन पाल म्याराटको हत्या गरिन् ।

जुलाई १७९३ मा शार्लेटले म्याराटलाई त्यो बेला चक्कु प्रहार गरेकी थिइन् जतिबेला उनी बाथटबमा नुहाइरहेका थिए । शार्लेटको दावी के थियो भने, उनले गरेको यो हत्याले उनले सयौं हराजौंका ज्यान बचाएकी थिइन् । तर यसको चार दिनपछि उनलाई मृत्यूदण्ड दिइयो ।

शी जिआनाकिआओ

जासुस आफ्नो उपनाम राख्न मनपराउँछन् । यसै तथ्यलाई यर्थातमा बदल्दै शी गुलानले जासुसीको दुनियामा आफ्नो नाम शी जिखानकिआओ राखिन् । उनी आफ्नो बाबुको हत्याको बदला लिन जासुस बनेकी थिइन् । उनका बाबुको हत्या चीनका नेता सुन चुआंगपागले १९२५ मा गरेका थिए ।

१० वर्षपछि जिआनकिआओले चुआंगफांगलाई टाउकोमा गोली हानिन् जति बेला उनी एक बौद्ध बिहारमा पूजा गरिरहेका थिए । यो घटना सफल बनाएपछि उनी भाग्नुको सट्टा सो स्थानमा बसेर आफ्नो दोष स्वीकार गरेकी थिइन् । यस हाईप्रोफाइल केसमा १९३६ मा एक आदेश आयो र जिआनकिआओलाई सफाई दिइयो ।

यस केसमा कोर्टले आफ्नो बाबुको हत्याबाट दुखी भएर हत्या गरेको भनेको थियो । १९७९ मा जिआनकिआओको मृत्यु भयो । 

ब्रिगित मोअनहाप्ट

कुनै बेला जर्मनीमा सबैभन्दा खुंखार महिला मानिएकी बिग्रित मोअनहाप्ट रेड आर्मी फ्याक्सनकी सदस्य थिइन् । बिग्रित १९७७ मा जर्मनीमा एक आतंकवादी गतिविधमा सहभागी भइन् । 

७० को दशकमा पश्चिम जर्मनीमा एक् वाम चरमपन्थी समूहद्वारा एकपछि अर्को कयौं हाइज्याक, हत्या र बम विस्फोट गरिए । विमान हाइज्याकका साथै करिब ३० जना मानिसको हत्या यसै समूहले गरेको थियो ।

पश्चिमी जर्मनीमा पूँजिवाद खत्म गर्न यो अपराध गरिएको थियो । 

यस अपराधमा संलग्न रहेको आरोपमा बिग्रितलाई गिरफ्तार गरियो । र पाँच वर्षको सजाय सुनाइयो । अर्को मुद्दामा उनलाई १५ वर्षको सजाय दिइयो । उनी २००७ मा जेलबाट बाहिर आइन् । उनी अँझै जीवतै छिन् । 

एजेन्सट पेनेलोप

इजरेली इन्टेलिजेन्स एजेन्सी मोसादका लागि काम गर्ने एजेन्ट पेनेलोपे प्यालेस्टायीनी समूह ब्ल्याक सेप्टेम्बरका नेता अली हुसेन सलामेको हत्यामा संलग्न थिइन् । 

अलि हुसेनले १९७२ मा म्यूनिख ओलम्पिकका क्रममा ११ जना इजरेली खेलाडीलाई बन्धक बनाएक थिए । र उनीहरुको हत्या गरेका थिए । यस हत्याको बदला लिन इजरेली प्रधानमन्त्री गोल्डे मेरीको आदेशमा अप्रेशन व्रैथ अफ गड शुरु गर्यो र यस अप्रेशनलाई सफल बनाउन अली हुसेनको हत्या गरियो ।

हुसेनको हत्याका लागि एजेन्ट पेनेलोपेले उनी बस्ने अपार्टमेन्टमा करिब ६ हप्ता समय बिताएकी थिइन् । 

हुसेनलाई मार्न सो अपार्टमेन्टमा बम विस्फोट गराइयो जसमा एजेन्ट पेनेलोपे पनि मारिन् । 

Must View