प्रकाण्ड रिहा, गृहमन्त्रीप्रतिको आक्रोश यस्तो
2K
सर्वोच्चको आदेशपछि रिहा भएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले गृहमन्त्री लाई राम बहादुर थापाप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई कैयौँ घण्टा बेपत्ता पारेर दुःख दिएको कुरा समेत बताए।
आफ्नो गिरफ्तारीको विरुद्ध बोल्ने सञ्चार माध्यम, पत्रकार तथा मानवअधिकारकर्मीलाई उनले धन्यवाद व्यक्त गरे।
आफूहरू जनता र देशका लागि मर्न तयार रहेको बताए। प्रचण्ड र बादलहरू क्रान्तिका भगौडाहरु भएको उनले आरोप लगाए । प्रतिक्रियावादी एमालेको टाङमुनि छिरेको आरोप समेत लगाए।
विना कारण पटक पटक पक्राउ गरेको भन्दै सर्वोच्च अदालतले आज थुनामुक्त गर्न आदेश दिएको हो। न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पुनः प्रकाण्डलाई छाड्न आदेश दिएको हो।