नागरिक पोष्ट News


हार्दिक निमन्त्रणा ! पहिलो अपाङ्गता रियालिटी शो ' पत्रकार सम्मेलन' असोज १० गते, बुधवार

6.6K

राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेश्नल मिडिया हबको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक हुन गइरहेको "Mr and Ms Nepal for disability-2075" एक टेलिभिजन रियालिटी शो कार्यक्रमबाट विभिन्न प्रतिभावान अपाङ्गता भएकाहरूको लागि एक फरक स्टेजको रूपमा लिएका छौ ।

गायन, नृत्य, नाटक, वाक कला, चित्रकला, फेसन शो र बोडी शो, ह्विल चियर क्याटवाक जस्ता विविध अपाङ्गता भएका प्रतिभाहरूको हौसला र राष्ट्रिय कलाकार बन्ने चाहना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस भन्ने उद्देश्यले यो कार्यक्रम गर्न गइरहेका छौ । निम्न मिति र स्थानमा यस कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन र यस कार्यक्रमको वेवसाइट प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका नगर प्रमुख श्री विद्या सुन्दर शाक्य र विशेष अतिथि महिला तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवबाट संयुक्त रुपमा www.msdisabilityshow.com सार्वजनिक गर्न गइरहेकाले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।

मिति :- २०७५ असोज १० गते, बुधवार

समय:- दिउसो १:०० बजे

स्थान:- होटल हार्दिक बागबजार, काठमाडौं

Nilkantha Paudel  

   निलकण्ठ पौडेल

अध्यक्ष तथा कार्यक्रम प्रमुख

Must View