नागरिक पोष्ट News


भाडादर बढ्यो, कहाँ जान अब कति भाडा लाग्छ ? (सुचीसहित)

4.1K

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएको छ । बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायीसंगको सहमति अनुसार आइतबार यातायात ब्यबस्था बिभागले भाडा बढाएको हो  ।    नयाँ भाडा दर असोज ७ गते आइतबार लागु हुने छ ।

काठमाडौं उपत्यका तथा स्थानीय रुटमा निम्न बमोजिम भाडादर कायम भएको छ । 

कहाँ जान कति भाडा हेर्नुस सुची :

 

 

० देखि४ कि।मि। मा १४ रुपैयाँ 

० देखि ५कि।मि।  मा १६ रुपैयाँ

० देखि ६कि।मि। मा   १७ रुपैयाँ

० देखि ८ कि।मि। मा   १८ रुपैयाँ

० देखि १० कि।मि। मा  २१ रुपैयाँ

० देखि १३ कि।मि। मा   २३ रुपैयाँ

० देखि १६ कि।मि। मा  २५ रुपैयाँ

० देखि १९ कि।मि। मा  २६ रुपैयाँ

० देखि १९ कि।मि। मा  २७ रुपैयाँ

तोकिएको भन्दा बढी लिएमा यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र info@dotm.gov.np वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा एसएमएस पठाई फ्याक्स नम्बर ११००, email: 1111@opmcm.gov.np  वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउनुहुन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । 

Must View