नागरिक पोष्ट News


अपांगता सम्बन्धि पहिलो टेलिभिजन रियालिटी शो को घोषणा Mr & Miss Nepal for Disability

5.1K
अब विश्वले चिन्ने छ नेपाल"

 नेपालमा पहिलो पटक "Mr and Mis Nepal for disability-2018"  टेलिभिजन रियालिटी शो कार्यक्रम हुने राजधानीमा एक कार्यक्रममार्फत जानकारी गराइएको छ । कार्यक्रमबाट विभिन्न प्रतिभावान अपाङ्गता भएकाहरूको लागि विशेष प्लेटफर्म कायम हुनेछ ।  गायन, नृत्य, नाटक, वाक कला, चित्रकला, फेसन शो र बोडी शो, ह्विल चियर क्याटवाक जस्ता विविध अपाङ्गता भएका प्रतिभाहरूको हौसला र राष्ट्रिय कलाकार बन्ने चाहना साथै समाजमा स्थापित हुने अवसर रियालिटी शो कार्यक्रमले दिनेछ । 

रियालिटी शो को अडिसन७ वटै प्रदेशमा सञ्चालन हुने कार्यक्रमका संयोजक निलकण्ठ पौडेलले बताए । अब विश्वले चिन्नेछ भन्ने नाराका साथ पहिलो अपांगता टेलिभिजन रियालिटी शो ले लाखौं अपांगहरुको पहिचान गराउनेछ, स्थापित गराउन सहयोग गर्नेछ, उद्यमशीलता बनाउन कोशिश गर्नेछ र समाजमा अपांगता भएकाहरुको क्षमता र सीपको उचित मूल्यांकन समेत गर्नेछ ।

रियालिटी शो टेलिभिजन कार्यक्रम  राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेश्नल मिडिया हबको संयुक्त आयोजनामा हुन  लागेको हो ।

विस्तृत जानकारीको लागि www.msdisabilityshow.com

Nilkantha Paudel

- निलकण्ठ पौडेल

अध्यक्ष तथा कार्यक्रम प्रमुख

Must View