सलुट ! हिम्मतवाली गौरी, पढाई खर्च जुटाउन : साइकल डोर्याउदै, कवाडीवाली बन्दै
गौरी तिमल्सिना अहिले एकएक सामाजिक सञ्जालमा छाएकी छिन् । सेलिब्रेटी नै बनेकी छिन् । तर उनको कवाडीवाली दैनिकीको कथा सुन्दा आँखाबाटै आँसु तुरुक्कै झर्छ । गौरी अहिले कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छिन् ।
कतिपय कबाडीलाई मानिसहरुले तुच्छ गाली गरेको सुन्दा उनको चित्त दुख्छ ।“कबाडी फोहोर होइन, मोहोर हो । यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ । आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर मानिसले थाहा पाउनै बाँकी हो कि !” गौरी बताउँछिन् ।
काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् । सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो ।
कबाडीवालाझैँ खाली सिसी, पुराना कागजमामा जीवनका रङ खोजिरहेकी गौरीयसैका कारण हुनसक्छ, कबाडी क्षेत्रमा काम गर्ने अधिकांश दशगजा पारिका छन् । तराई–मधेशमूलका मात्रै छन् । र, अपवाद बनेकी छिन् गौरी
स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।
१२ कक्षामा अध्ययनरत किशोरी साइकल डोर्याउँदै कबाडी संकलन गरेर हिड्ने हिम्मत गरेकी गौरीको यो कामले रोजीरोटीका लागि बरु विदेश जान तत्पर हुने तर स्वेदशमा सामान्य काममा पसिना बगाउन लाज मान्नेहरूलाई गतिलो झापड समेत दिएको छ ।
उनले साइकलमा कवाडी लिएर हिडेको फोटो फेसबुकमा आएपछि साथीभाइले गौरीलाई फोन नै गरेर जिस्क्याए, “ हाम्रो घरमा पनि पुरानो दराज छ, लिन आइज ”
त्यसले गौरीलाई निकै ग्लानी भयो र पश्चाताप पनि । तर पनि धैर्यता भने गुमाइनन् ।
पढाइ खर्च जुटाउन बाबु–आमाको दुःखलाई सघाउदै भाँडा, लुगा धुदै आएकी गौरीलाई सो कामले मुश्किल परेपछि कवाडीवालीको सोच आएको हो ।
गौरीको शिक्षक बन्ने अभिलाषा छ । त्यही उद्देश्य पूर्तिका लागि गल्लीगल्लीमा साइकल दौडाउँदैछिन् । कबाडी उठाइरहेकी छन् ।
तस्बिर सौजन्य : गरिमा घिमिरे