नागरिक पोष्ट News


Madhav Prasad Ghimire सय वर्षमा राष्ट्रकविः 'यो जीवनीको रस प्यून जानौँ !'

5K

“बुढेससम्मन् पनि ज्यून जानौं              

        यो जीवनीको रस प्यून जानौं”

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उनको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ। घिमिरे  शताब्दी (एक सय)वर्षमा प्रवेश गरेका छन्। 

घिमिरेले विद्यालय पढेको जिल्लाको दुराडाँडा पनि उही लयमा छ तर ती गाउँमा हुर्केका कविवर घिमिरे प्रकृति र मानवीय संवेदनायुक्त सुललीत सिर्जनामार्फत साहित्यिक जगत्का शिखर व्यक्तित्व बन्न सफल भएका छन्।

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उनको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ। घिमिरे  शताब्दी ९एक सय० वर्षमा प्रवेश गरेका छन्। बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उनी यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहेका छन्। यतिबेला उनी पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा पनि छन्।

Image result for madhav prasad ghimire

राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन्

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

    उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।।।”

 

Must View