नागरिक पोष्ट News


Morden Verson Nepali Song ‘लाईछौं बेसन’ मोर्डन भर्सनमा (हेर्नुहोस् भिडियो)

5.6K

चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको चर्चित गीत ‘ लाईछौ बेसन, चिन्न नि नसक्ने आईछ फेसन ’नयाँ भर्सनमा सार्वजनिक भएको छ । समाजमा भए गरेका विकृति र फेसनको व्यङ्ग्य गर्दै करिव १४ वर्ष अघि रेकर्ड भएको गीत नयाँ भर्समा सार्वजनिक गरिएको छ । गीतलाई नयाँ एरेन्जमेन्ट सहित नयाँ भिडियो रिमा इन्टरटेन्टमेन्टले रिलिज गरेकोे हो ।

पहिले रेकर्ड भएको गीतमा गायक नारायण रायमाझी र गायिका सिन्धु मल्लले स्वर दिएका थिए । भिडियोमा वरिष्ठ कलाकार प्रेमदेव गिरी र पप्पु पुनको अभिनय रहेको थियो । लय पुरानै भएपनि शब्द र भिडियोमा देखीने कलाकारहरुलाई समय सापेक्ष बनाइएको छ । रिमेक (पुनःताजकी) गरिएको गीतमा नारायण रायमाझी, मेलिना राई र बि.बि अनुरागीले स्वर दिएका छन ।

 

Must View