नागरिक पोष्ट News


Indrajatra in Kathmandu इन्द्रजात्राको लिङ्गो : इन्द्रजात्रा उत्सव

3.7K

इन्द्रजात्राको लिङ्गो 2075 शुक्रबार बिहान ८ः०५ बजे ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ । यसै दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । विशेष गरी काठमाडौँमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ ।

भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ । शुक्रबार काठमाडौँका मानन्धर समुदायले यसलाई ठड्याउने छन् । 

लिङ्गो सुव्यवस्थित रूपमा ठड्याउन गङ्गा क्लबका उमेश कर्माचार्य, सिन्ह स्वाँ खलः का निरन श्रेष्ठ, श्रीकुमारी क्लवका राजकल्याण ताम्राकारको अगुवाइमा युवा तत्परताका साथ रहेका छन् । समरजङ्ग कम्पनीले जात्रामा सहयोग गर्ने छ । 

इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । 

असोज ८ गते रथयात्रा जैशिदेवल चिँकमुगल भई लगनटोल पुगेर उसै साँझ फर्कने र १२ गते नरदेवी पुगेर फर्कने र अन्तिम दिन नानीचयात्रा भनेर १२ गते किलागल पुगेर फर्काइने तालिका छ । 

लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने छ । 

Must View