नागरिक पोष्ट News


KTM with America काठमाडौं महानगर र अमेरिकाको फ्रेडरिक्सवर्गबीच भगिनी सम्बन्ध स्थापित

3.5K

अमेरिका/  काठमाडौं महानगरपालिकाका र अमेरिकाको भर्जिनिया राज्यको फ्रेडरिक्सवर्ग नगर बीच भगिनी सम्बन्ध स्थापना भएको छ । २०१७ को अक्टोबरमा काठमाडौँमा भगिनी सम्बन्धको घोषणा भएको थियो । उक्त घोषणा पत्र फ्रेडरिक्सबर्ग नगरको सभा गृहमा एक बिशेष समारोहका बीच 

बाचन गरेपछि सम्बन्धले अाैपचारिकता पाएको हो ।

समारोहमा काठमाडौं महानगरपालिकाका नगर प्रमुख विद्यासुन्दर शाक्य र उनको टोली र फ्रेडरिक्सबर्ग नगरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा काठमाडौँमा सम्पन्न भगिनी सम्बन्धको हस्ताक्षर समारोहको श्रब्य दृश्यसमेत देखाइएको थियो । सोही अवसरमा दुवै नगर प्रमुखहरुले सम्बोधन गरेका थिए । 

कार्यक्रममा नेपाली लोक गायक प्रेमराजा महतले नेपाली राष्ट्रिय गीत तथा लोक गीत प्रस्तुत गरेका थिए भनेे  अमेरिकी गायिका लुरी रोज गृफित तथा गायक पिटर मिलेले अंग्रेजी गीत प्रस्तुत गरेका थिए ।

समारोहमा  फ्रेडरिक्सबर्गका नेपालीहरु तथा साहित्यकार गोबिन्द गिरी प्रेरणाको समेतको उपस्थिति रहेको थियो । फ्रेडरिक्सबर्ग शहरका सडकका किनाराहरुमा अमेरिकाका राष्ट्रिय झन्डा नेपालको राष्ट्रिय झन्डा तथा फ्रेडरिक्सबर्ग नगरको झन्डा फरफराएको दृश्य मनमोहक देखिन्थ्यो ।

Must View