नागरिक पोष्ट News


सुनसुरी खुर्सिद हत्या प्रकरणः स्थानीयले ६ किलोमिटर लखेट्दा पनि भाग्न सफल आक्रमणकारी

2.1K

सुनसरीको भुटाहा बजारमा खुर्सिद अन्सारीमाथि गोली प्रहार पश्चात घटनास्थलमै मृत्यु भयो । दुई वटा मोटरसाइकलमा आएका सुटरले उनीमाथि ३ गोली बर्साएका थिए । कञ्चट, भुँडी र खुट्टामा गोली लागेको थियो ।

गोली चलेको आवाज सुन्ने वित्तिकै स्थानीयबासीले प्रहरीलाई फोन गरे । तर, समयमा फोन नउठेको स्थानीयको गुनासो छ । घटना लगत्तै स्थानीयले सुटरहरुलाई लखेटेका थिए । केहीबेरमा आइपुगेको प्रहरीले पनि उनीहरुलाई पछ्यायो ।

तर, गोली हान्ने समूह भाग्न सफल भयो । उनीहरुलाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेलमाथि गोली प्रहार भएको छ ।

घटनास्थल र भारतीय सीमा करिव ७ किलोमिटरको दुरीमा छ । सीमामा भने सशस्त्र प्रहरीको क्याम्प छ । प्रहरीलाई समेत गोली हानेर भागेको समूहलाई पछ्याएका स्थानीयले सीमामा सशस्त्र प्रहरीसँग सहयोग मागेका थिए ।

तर, इन्स्पेक्टरको फोन नउठेको र ड्युटीमा रहेका सशस्त्र प्रहरीले ‘आदेश छैन’ भन्दै गोली नहानेको स्थानीयको दाबी छ ।

Must View