नागरिक पोष्ट News


संविधान दिवस 2075 मा ४२१ विभूषित (सूचीसहित)

4.1K

 

संबिधान दिवस २०७५ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट  ४ सय २१ जना विभूषित भएका छन् । 

पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् । 

महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । यो पदक मिश्रलाई मात्र प्रदान दिइएको छ ।

उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् । पोखरेल मोरङ र गुरुङ मादी गाउँपालिका, याङ्जाकोट कास्कीका हुन् ।

प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित हुने भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् ।

Must View