नागरिक पोष्ट News


तेस्रो संविधान दिवस २०७५ : सैनिक मञ्च टुँडिखेलमा भव्यताकासाथ मनाइयो

4.1K

०७२ असोज ३ गते  संविधान जारी भएको अवसरमा यो दिन विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँन्छ।  संविधान दिवस २०७५ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरि भव्यताकासाथ तेस्रो संबिधान दिवस मनाएको छ ।  समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेकाथिए ।

समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गरिएको थियो ।

संबिधान दिवसको अवसरमा प्रदेश ५ सरकार संबिधान दिवस मुल समारोह समितिको आयोजनामा बुटवलमा निकालिएको प्रभातफेरीमा सहभागी प्रदेशसभा सदस्यहरु । तस्बिर : भरत के.सी.

काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकले बिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥याली । जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी नेपाली सेना तथा उद्योग वाणिज्य संघ र विभिन्न संघ÷संस्थाहरुको प्रतिनिधित्व रहेको ¥याली बजार परिक्रमा गरी पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकले बिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥यालीमा नेपाल प्रहरी । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

काभ्रेपलाञ्चोकको धुलिखेलमा संविधान दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोकलेबिहान धुलिखेलस्थित सरस्वती बजारमा निकालिएको ¥यालीमा नेपाल प्रहरी । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक

-- नागरिक टाइम्स

Must View