नागरिक पोष्ट News


Dashain Song दशै गीत ‘फर्की चाँडै आउदाजु घर’

8.2K

चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको दशै गीत सार्वजनिक भएको छ । यस अघि दशै शुभकामना प्रोमोको रुपमा सार्वजनिक भएको गीतलाई  नयाँपन दिदै दशै गीत ‘फर्की चाडै आउदाजु घर, बुढी आमा रोहिराईछिन् धरधर ‘ बोलको गीत युटुबमा मार्फत सार्वजनिक भएको हो ।  नजिकिदै गरेको नेपालीहरुको महान चाड दशैलाई लक्षित गर्दै सार्वजनिक गरिएको  गीतमा विदेशमा बस्ने नेपालीहरुको मन छुने खालको नेपाली मौलिक कला तथा संस्कृति झल्कने शब्द  प्रयोग गरिको छ ।

गीतमा स्वर नारायण रायमाझी र शान्तिश्री परियारको रहेको छ । गीत रचना स्व.लक्ष्मण रायमाझीको, एरेन्ज/रेकडिङ– तेजेन्द्र गुरुङको रहेको छ । मिक्सीङ- श्यामश्वेत रसाईलीको रहेको छ ।

सम्पादन नारायण राज सत्याल, सह-सम्पादन मिराज अर्यालको रहेको छ । यस गीतको पुरानो रेकर्डमा स्वर सहदेवी पुनको रहेको थियो ।   दशै गीतमा ‘फर्की चाडै आउदाजु घरु बुढी आमा रोहिराईछिन् धरधर’ जस्ता मनछुने मार्मिक शब्दले विदश गएका छोराछोरीको पर्खाईमा बसेका बाबुआमाको मन छुनेछ ।

Must View