Senior Citizens in Nepal अब वृद्धभत्ता पाउन ७० वर्ष पुग्नै पर्ने
3.4K
अब वृद्ध भत्ता पाउन ७० वर्ष पुग्नै पर्ने भएको छ । ७० वर्ष पुगेपछि मात्रै वृद्धभत्ता पाउने व्यवस्थाले कानूनी रुपमै मान्यता पाउने भएको छ । यस्तो, प्रस्ताव गरिएको ‘सामाजिक सुरक्षाका सम्बन्धमा बनेको विधेयक’ संसदले पारित गरेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पेश गरेको विधेयकले दलित, एकल महिलाको हकमा भने ६० वर्षमै वृद्धभत्ता पाउने व्यवस्था गरेको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले माघ १० गते ६५ वर्षकै उमेरमा वृद्ध भत्ता दिने निर्णय गरेको थियो ।