नागरिक पोष्ट News


निर्मला पन्त हत्याकाण्डमा थप पाँच प्रहरी निलम्बित

2.3K

गृहमन्त्रालयले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याको सम्बन्धमा आफ्नो जिम्मेवारी पूरा गर्न नसकेका पाँच प्रहरीलाई निलम्बन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल समक्ष पेश गरिएको छानविन समितिको सिफारिस अनुसार उनीहरुलाई निलम्बन गरी कार्वाही प्रक्रिया अगाडि बढाइएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ । 

प्रतिवेदनले हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई शनिबारकै मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको थियो ।

Must View