त्रासमा अमेरिका : फ्लोरेन्स सामुन्द्रिक आँधीले सयौंको ज्यान लिनसक्ने चेतावनी!
3.2K
अमेरिका यतिबेला त्रासमा छ। समुन्द्री आँधी फ्लोरेन्सले धेरैको ज्यान जान सक्ने भएपछि अमेरिका त्रासमा रहेको हो। अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिक हुँदै आइरहेको आँधीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन्।
डरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन्। फ्लोरेन्स आँधीको रफ्तार अहिले १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन्।
क्षतीको आशंका गर्दै उत्तरी क्यारोलाइना, दक्षिणी क्यारोलाइना र भर्जिनियाको तटीय इलाकाबाट लगभग १७ लाखलाई सुरक्षित स्थानमा पुर्याउन आदेश दिइएको छ ।