नागरिक पोष्ट News


#JusticeForNirmala निर्मलाका लागि न्याय अभियान : भेलाका लागि हार्दिक अपील !

2.5K

कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्यामा प्रसाशनले अलमल गरिरहेको आशंकामा २०७५ भाद्र ३० गते  शनिवार देशका अधिकांश ठाउँमा 'निर्मलाका निम्ति न्याय' अभियानले जनता भेला एवं प्रदर्शन गर्ने भएको छ। 

देशका बिभिन्न स्थानहरुमा काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, पोखराको मानवधिकार चोक, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोक आदी रहेका छन्।  

घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारि गर्न उक्त प्रदर्शन हुन लागेको हो। समाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा हुने उक्त प्रदर्शन शनिवार दिउँसो १ बजे हुनेछ। 

Must View