नागरिक पोष्ट News


जोक होइन, साँच्चै हो भक्तपुर - काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

4K

 दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् ।

घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी ।

३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् । कान्तिपुरमा यो समाचार छापिएको छ ।

निद्रा पुग्छ, गन्तव्यमा पुगिन्न

उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक-तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् ।

राजधानीको पूर्वी भेग जाने सडकको कोटेश्वर–कौशलटार खण्डमा सधैजसो गाडीको जाम हुने गरेको छ । कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटार हुँदै गठ्ठाघर चोकसम्मको करिब ४ किलोमिटर सडकमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । ४ किलोमिटर यात्रा गर्न २ देखि साढे २ घण्टा बढी समय लाग्छ । कार्यालय सुरु हुने समय बिहान साढे ९ देखि ११ बजे र साँझ कार्यालय सकिने समयमा त यात्रुले सास्ती खेप्नुपरेको छँदै छ । सूर्यविनायक–तीनकुने ६ लेन सडक विस्तार हुनुअघि काटेश्वर–भक्तपुर सडकमा यस्तै जामको समस्या हुने गथ्र्याे ।

Must View