नागरिक पोष्ट News


निर्मला हत्या काण्ड : यसरी जबरजस्ती शव बुझ्न लगाइएको थियो पत्रसहित

2.6K

पदमराज भट्ट मेयर सुरेन्द्र विष्टका साथी हुन् । अनि तीर्थराजका पनि साथी । मेयरकै आग्रहमा पदमले बोलाएर तीर्थराज शव बुझ्न तम्सिएका रहेछन्। त्यो बीचमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एवं एसपी विष्टले तत्काल शव नजलाए सबैलाई जेल हालिदिने धम्की दिए। यज्ञराजले शव उठाउन नमान्दा प्रहरी ईन्पेक्टरले हातपातै गर्न खोजेका थिए। 

यज्ञराजले शव उठाउन मानेकै थिएनन्। तर, तीर्थराजले आफ्नो भान्जी मैं जलाउँछु भन्दै आफ्नो भिनाजुलाई तथानाम गाली गरे। प्रहरीले पनि मामाकै भनाईमा होमा हो थप्यो। यज्ञराजमाथि हातपातै हुने अवस्था आयो । रातारात कागज तयार भयो । भोलिपल्ट मध्यान्ह १२ बजेसम्म लास नउठे कफ्र्यु लगाउने र गोली चलाउने सम्मको धम्की आयो। परिवारले निर्मलाको शव बुझे । अनि जल्यो शव । र, निर्मलाका बाबु अामाकाे सपना समेत जल्याे सब । 

- साभार : हाम्राकुरा डट कम बाट

भीमत्तदनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सुरक्षा घेरामा गराइएको दाहसंस्कार गराउन स्थानीय प्रशासनले नेपाली सेनालाई समेत फड्के किनाराको साक्षी राखेको पाइएको छ।  जिल्ला सुरक्षा समितिको वैठकमा पदेन सदस्यको हैसियतमा वोलाएर प्रहरी र जिल्ला प्रसासनले नेपाली सेनाका प्रतिनिधीलाई पनि साक्षी राखेको देखिएको हो।  

हत्यारा पत्ता लगाएर कडा कार्वाहीको माग गर्दै स्थानीय महिला समूहले प्रदर्शन चर्काउन थालेपछि निर्मलाको हत्या भएको ३ दिनसम्म शव महाकाली अंचल अस्पतालमै राखिएको थियो । प्रहरीले शव बुझ्न दबाब दिन थालेपछि घरै छाडेर भीमदत्त वडा नम्बर २ मा बस्ने निर्मलाका बाबुआमा यज्ञराज र दुर्गा घरै छाडेर भान्सीस्थित आफन्तकोमा गएर बसेका थिए । 

तर, प्रहरीले उनीहरुलाई सुरक्षा दिन्छौं, घरमा लगिदिन्छौं भन्दै स्थानीय सुरक्षा बलको घेरामा शव बुझ्ने व्यहोराको कागज बनाएर पिडित परिवारलाई घटना भएको तेश्रो दिन साउन १३ गते राती हस्ताक्षर गराएको खुलेको हो। हत्याकाण्डको विषयमा निर्मलाका अभिभावकलाई कन्भिस गराउन निर्मलाका मामा पर्ने तीर्थराज भण्डारीले मूख्य भूमिका खेलेर १५ लाखमा कुरा मिलाएको भन्दै स्थानीयले प्रदर्शनका क्रममा उनी विरुद्ध चर्का नारा समेत लगाएका थिए । 

उनले समेत सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। रातारात गराइएको ४ बुँदे सहमतिपत्रमा निर्मलाका आमाहरु दुर्गा र लक्ष्मी सहित उनका बाबु यज्ञराज पन्तले पनि हस्ताक्षर गरेका छन् । निर्मलाका आफन्तको सूचीमा राखेर प्रहरीले १० जनाको हस्ताक्षर लिएको छ। त्यस्तै पदाधिकारीको नाममा, प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बहादुर विष्ट, नगरप्रमुख .कुमार चन्द, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपीबाट निलम्वित दिल्लीराज बिष्ट, एपी विनोदराज श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका सेनानी विशाल सिंह सहित १३ जनाको हस्ताक्षर छ ।

स्थानिय प्रसासनले विभिन्न अधिकारीहरुलाई सहभागि गराएको सो वैठकमा आन्दोलनकारीको तर्फबाट कुनै प्रतिनिधिको सहभागी गराएको देखिएन। उल्टै यो समूहले प्रदर्शनकारीले शव दाहसंस्कारमा अवरोध गर्न सक्ने भन्दै, अञ्चल अस्पतालमा राखिएको शव बिहान ६ बजेअघि नै उठाएर लैजाने निर्णय गरेको छ। झिसमिसे विहानै १३ साउनमा प्रहरीले दुईवटा गाडीमा शव लगेर निर्मलाको दाहसंस्कार गराएको थियो। 

साउन १३ गते राती जिल्ला सुरक्षा समितिका तर्फबाट सीडीओ, जिल्लाका प्रहरी प्रमुख र निर्मलाका आफन्त सहितको छलफलले कागज तयार गरेको थियो। यस्तो वैठकमा नेपाली सेनाका प्रतिनिधीको भुमिका सेरेमोनियल हुने भएपनि बोलाइने गरिएको छ। जनसम्पर्क हुने कार्यालयको सुरक्षाका अन्य निकाय र जिल्ला प्रसासन कार्यालयको भुमिका महत्वपूर्ण हुने गर्छ। द्वन्दका समयमा भने नेपाली सेनाको भुमिका यस्ता वैठकमा महत्वपूर्ण हुने गर्दथ्यो। सो वैठकमा भएको कागजको व्यहोरा यस्तो छ :

आज मिति २०७५।४।१३ का दिन भीमदत्त वडा नम्बर २ बस्ने १३ की निर्मला पन्तको मृत्युको विषयका सम्बन्धमा अपराधिको खोजी एवं कानुनी सजायको विषयलाई लिएर विभिन्न वर्ग समुदायको संलग्नतामा जारी आन्दोलनका कारण मृतकको दाहसंस्कार गर्ने इच्छा हुँदाहुँदै शवको अन्तिम संस्कार हुन नसकिरहेको परिस्थितिमा मृतकका आफन्त लगायत निम्नानुसार पदाधिकारीको उपस्थितिमा छलफल भई निम्नानुसार गर्ने सहमति भयो । 

सहमतिका बुँदाहरु १.मिति २०७५।४।१० का दिन घटेको दुःखद घटनाको सम्बन्धमा स्थानीय प्रशासनले तदारुकताका साथ अनुसन्धान गरी दोषीलाई कानुनको कठघरमा ल्याई कडा भन्दा कडा सजाय दिलाउने पहल भइरहेको अनुसन्धान कार्यमा सवै पक्षबाट सहयोग पुर्याउने ।

२.मृतकको अन्तिम संस्कारका लागि भोली मिति २०७५।४।११ का दिन बिहान ५.०० बजे आफन्तहरु महाकाली अंचल अस्पतालमा उपस्थित भई बिहान ६ः०० बजे अन्तिम संस्कारका लागि लैजाने।

३.अन्तिम संस्कारको क्रममा हुने शव यात्रामा सुरक्षा निकायले प्रभावकारी सुरक्षाको व्यवस्था मिलाउने।

४.मृतकका आफन्तलाई अवान्छित व्यक्तिहरुबाट विभिन्न खालका धम्की आइरहेको भन्ने सुन्नमा आएकाले त्यस्ता तत्वहरुको खोजी गरी कानुनी कार्वाही गर्ने र मृतकका परिवारको आवश्कतानुसार सुरक्षाको प्रबन्ध स्थानीय प्रशासनले मिलाउने । 

Must View