दशै तिहारका लागि सुपथ मुल्य पसल असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म संचालन हुने
3.3K
सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्ने भएको छ। ५० भन्दा बढि स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको हो।
सरकारको स्वामित्वमा संचालित नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिनका लागि सुपथ मूल्य पसल संचालन गर्न लागिएको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी गराएको छ।
मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार सुपथ मूल्य पसलमा सरकारीतर्फबाट नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकासलगायतका संस्थान सहभागी हुने छन्। सुपथ मुलय पसलमा प्रति केजी मोटा चामलमा ५ रुपैयाँ, चिनीमा प्रति केजी ५ रुपैयाँ, खसी वोका च्याङग्रामा १० रुपैयाँ, नुनमा २ रुपैयाँ, डिडिसी घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिई सामान बिक्रि हुने छ।