नागरिक पोष्ट News


निर्मला हत्या प्रकरण :कञ्चनपुरको तीज कालो सारीमा, निर्मलाका बाबु आमा न्याय खोज्दै काठमाडौंमा

3.4K

प्रदेश ७ को कञ्चनपुर कैलालीमा फरक रुपमा तीज मनाईएको छ । कञ्चनपुरका महिलाले बलात्कारविरुद्ध कालो साडी लगाएर तीज मनाएका छन् भने कैलालीका महिलाले यो तीजलाई कालो तीजका रुपमा मनाएका छन् ।  १३ वार्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग राखेर कञ्चनपुरका महिलाहरु कालो सारी लगाएर तीज मनाएका हुन् । 

निर्मला हत्याकाण्डमा नयाँ टि्वस्ट: लटरपटर वयान गर्दै केसीको राजीनामा फिर्ता

उनीहरुले महेन्द्रनगर मदन चोकमा निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न दबाब स्वरुप कालो साडी लगाएर विरोध गरे ।  शेलेन श्रेष्ठको नेतृत्वमा निर्मला पन्तका बलात्कारीलाई सार्वजनिक गर, बलात्कारीलाई फासीको सजायका लागि सविधान सशाधेन गर भन्ने व्यानर सहित महिलाहरु कालो सारी लगाएर महेन्द्रनगर बजारको चौकमा जम्मा भएर सरकारलाई दबाब दिए । 

निर्मला हत्या प्रकरण : वीरेन्द्र केसीको राजीनामा फिर्ता शंकास्पद

निर्मलाका बुबा आमा भने न्याय खोज्दै काठमाडौं पुगेका छन् । निर्मलाका बुबा अामाले गृहमन्त्री, प्रहरी महानिरीक्षक, प्रधानमन्त्री र राष्ट्रपतिलाई न्यायका लागि गुहारेका छन् । उनीहरुकाे काठमाडाै‌ं अाएकै बेला उच्चस्तरीय छानविन समितिमा ठूलाे नाटक भएकाे छ । छानविन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

छोरी निर्मला पन्तको निर्जीव शरीर देखेको क्षणदेखि नै उनीहरु बेचैनीले घेरिएका छन् । खाने, सुत्नेको कुनै टुंगो छैन । छोरीको हत्यारा पत्ता लगाएर सजाय नदिलाएसम्म यी आमाबुबाको मनको जलन कसरी शान्त होस् ?

जति-जति दिनहरु लम्बिँदै जान्छन्, उनीहरुको छटपटी बढ्दै जान्छ । त्यही छटपटी, पीडा र वेदनाले थिलथिलो भएको ज्यान लिएर काठमाडौं आएका उनीहरु भन्छन्, ‘छोरीले न्याय नपाएसम्म घर फर्कदैनौं ।’

पन्त दम्पतीका दुई जोर फिका आँखा यही रंगीन महानगरमा मृतक छोरीका निम्ति न्याय खोजिरहेका छन् । त्यसैका निम्ति त हो, कञ्चनपुरबाट उनीहरु काठमाडौं हिँडेका । ठाउँ-ठाउँको पहिरो र जाम छिचोल्दै तीन दिनमा महानगर टेकेका छन्यी दम्पतीले ।

केसी छानविनको डरले फर्केका त होईनन् 

Must View