नागरिक पोष्ट News


Banikng Fraud पस मेसिनबाट बै‌ंकको २२ लाख चोरियो, योजनाकार युवक पक्राउ

4.2K

पस मेसिनबाट नक्कली कार्डको सहायताले बैंकको २२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटका प्रदीप न्यौपानेलाई पक्राउ गरेको छ । उनले उक्त मेसिनबाट बैंकको २२ लाख ७७ हजार ४ सय ५२ रुपैयाँ आफ्नो खातामा सारेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले जनाएको छ । 

प्रहरीले उनलाई भदौ २२ गते नुवाकोटको विदुर नगरपालिका २ शेराबाट पक्राउ गरेको हो । सीआईबीले उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ अनुसार अनुसन्धान गर्न उच्च अदालतबाट ७ दिनको म्याद लिएको छ ।

सीआईबीका अनुसार न्यौपानेले ठूलो कारोबार हुने भनी बैंकबाट पस मेसिन लिएका थिए । त्यस मेसिनमा बेलुका ८ बजेपछि नक्कली कार्ड रिड गराउने गर्थे ।

उनले गत असार २२ देखि भदौ ५ सम्म १ सय ६३ पटकको प्रयासमा १ करोड २ लाख रुपैयाँ झिक्न प्रयास गरेका थिए । तर न्यौपानेले उक्त कार्डबाट २२ लाख ७७ हजार रुपैयाँ आफ्नो कम्पनीको खातामा ट्रान्सफर गरेका थिए ।

Must View