नागरिक पोष्ट News


Purna Chandra Thapa, Army Chief राष्ट्रपतिबाट महारथीको दर्ज्यानी चिन्ह

4.1K

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। 

राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन्। राष्ट्रपति भवन शितलनिवासमा अाइतबार आयोजित विशेष समारोहमा उनले रथी थापालाई महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन्। 

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराइन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित थिए। 

banner

Must View