नागरिक पोष्ट News


४ पत्रकार पुरस्कृत: कृष्णसेन र नेपाली’ पत्रकारिताबाट,पत्रकारिता मर्यादित हुनुपर्ने- पोखरेल

4.1K

कृष्णसेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी पुरस्कारबाट पत्रकार रोशन पुरी, र ज्ञानप्रसाद पौडेललाई पुरस्कृत गरियो भने  मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कारबाट पत्रकार आस्था केसी  र सागर न्यौपानेलाई पुरस्कृत गरियो ।

ललितपुरमा भदौं २२ गते शुक्रबार भएको विशेष कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकारहरु रोशन पुरी, ज्ञानप्रसाद पौडेल, सागर न्यौपाने र आस्था केसीलाई जनही पन्ध्र हजार राशीको पुरस्कारसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा दुई जना पत्रकारलाई सम्मानित गरिएको थियो । कान्तिपुर दैनिकका ललितपुर संवाददाता प्रशान्त माली र रातोपाटी डटकमका डेस्क सम्पादक राजकुमार सिग्देल सम्मानित भएका हुन् ।

पत्रकारिता व्यवस्थित, मर्यादित र अनुशासित हुनुपर्ने - मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकारिता व्यवस्थित, मर्यादित र अनुशासित हुनुपर्नेमा जोड दिएका छन् । समाज रुपान्तरणका लागि पत्रकारिता पेशा व्यवस्थित, मर्यादित र अनुशासित हुनुपर्छ’, मन्त्री पोखरेलले भने, ‘ अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारिता क्षेत्रमा विकृति भित्रन नहुनेमा सबै सञ्चारकर्मी साथीहरु सचेत हुनुपर्छ ।’

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी देवानी संहिता र अपराध संहितामा उल्लेखित प्रावधानमा केही कमजोरी रहेको स्वर्कार्दै त्यसलाई आवश्यकता अनुसार परिमार्जन गर्न सकिने बताए । 

सो क्रममा नेकपा नेता हरि दाहाल, ललितपुरका निर्वाचन क्षेत्र नम्बर ३ (क) का सांसद राजकाजी महर्जन, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, द्वन्द्वको समयमा राज्यद्वारा वेपत्ता पारिएका पत्रकार मिलन नेपालीकी जीवनसङ्गिनी सबिता बस्नेतलगायतले पत्रकारिता समाज परिवर्तनको बाहक भएको भन्दै जिम्मेजार भएर सञ्चारकर्मीले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

Must View