मन्त्रिपरिषद् निर्णय : व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत
3.2K
काठमाडौं। सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ। त्यसैगरी बैठकले नेपालको ऊर्जा क्षमता तथा नवीकरणीय ऊर्जा प्रवद्र्धन दोस्रो चरणको कार्यक्रमका लागि जर्मन सरकारबाट प्राप्त हुने ३१ मिलियम युरो (करीब चार अर्ब नौ करोड रुपैयाँ) अनुदान सहायता रकम स्वीकृत गर्ने निणर्य गरेको छ। सो रकम लेखनाथ–दमौलीको २२० केमी प्रसारण लाइन आयोजना कार्यान्वयनमा उपयोग गरिने पनि निणर्य गरिएको छ।
सरकारले धनुषा जिल्लाको शहीदनगर नगरपालिका वडा नं ८ डुमरियामा निर्मित अस्पताल भवनबाट स्वास्थ्य उपचार सेवा सञ्चालन गर्ने गरी प्राथमिक तहको १५ श्ययाको अस्पताल स्थपना गर्न सैद्धान्तिक स्वीकृत दिने निणर्य गरेको छ। उक्त अस्पतालको नाम शहीद सूर्यनाथ रान यादव स्मृति अस्पताल शहीदनगर नगरपालिका धनुषामा कायम गर्ने पनि निणर्य गरिएको छ।