नागरिक पोष्ट News


Krishna Kandel Honored ईन्द्रेणीका संचालक कृष्ण कँडेल राष्ट्रपतिबाट विभूषित

5.9K

इन्द्रेणी कार्यक्रमका संस्थापक तथा संचालक कृष्ण प्रसाद कँडेल प्रबल जनसेवा श्री विभूषणद्वारा विभूषित हुनुभएको छ ।

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा पु¥याएको योगदानको कदर र सम्मान स्वरुप उक्त विभूषण प्रदान गरिएको हो ।  राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा उक्त पदक वितरण गरिएको हो । २०७५ सालको गणतन्त्र दिवशको उपलक्ष्यमा घोषणा गरिएको विभिन्न १० मान पदवी मध्यबाट  ३ सय ४५ जनालाई राष्ट्रपतिको हातबाट विभूषित गरिएको छ ।

गृह मन्त्रालयका अनुसार नेपाल रत्नबाट १ जना, राष्ट्रगौरवबाट १ जना, महाउज्ज्वल राष्ट्रदीपबाट ५ जना, उज्जवल किर्तिमय राष्ट्रदीपबाट १ जना, प्रसिद्ध प्रबल जनसेवा श्रीबाट ७ जना, सुकिर्तिमय राष्ट्रदीपबाट २१ जना, सुप्रबल जनसेवा श्रीबाट १ सय १९ जना, कीर्तिमय राष्ट्रदीपबाट ५ जना, प्रवल जनसेवा श्रीबाट १ सय ४० जना र जनसेवा श्रीबाट ४५ जना गरी जम्मा ३ सय ४५ जना विभुषित भएकाे जनाएको छ ।

Must View