नागरिक पोष्ट News


नेपालीका दुःख र सपना देखेका र बुझेका : अर्बपति युवा करणकुमार चौधरी

6.1K

करणकुमार चौधरीको नेपाली जीवनबारेको विश्लेषण : व्यापारीमा संवेदना नहुने भन्नेचाहीँ हुँदैन ।

‘म दुखै नहुने मान्छे साधु मात्र देख्छु । दुख तहगत हुन्छन् । गरिबीको रेखामा रहेका मानिसलाई कमाउने र हातमुख जोर्ने, निम्न मध्यमवर्गीयलाई घरजम गर्ने, घर जोड्ने र विभिन्न ठाउँ घुम्ने । उच्चवर्ग अथवा जसलाई धनाड्य भनिन्छ उनीहरूलाई संवेदना र समय निकाल्न नपाउँदाको दुख । निजी जीन्दगी छ तर मिहेनत र कर्तव्यका अघि निजी जीवनका लागि समय छैन भन्ने लाग्छ ।’

व्यापारीमा संवेदना नहुने भन्नेचाहीँ हुँदैन । साधारण मानिसकै जस्तो दैनिकी बिताएका र त्यहि लयलाई समातेका करणकुमार चौधरी कहिलेकाहीँ प्रेमिल जीवनमा भएका केही संवादलाई सम्झन्छन् । भन्छन्,‘मैले इन्गेजमेन्टको दिन मेरी पत्नीलाई भनें कि तिमीलाई जीवनमा कहिले पनि फाइभ स्टार होटलमा लगेको रहेनछु है ! 

‘जीवनको व्याख्या 

‘म जीवनलाई फरक हिसाबले हेर्छु । म सन्तुष्ट हुनका लागि काम गर्छु । मलाई १० पुस्तालाई पुग्ने पैसा छ । तर मैले एउटा प्रण गरेको छु । कार्यालयमा आउँछु, हाँस्छु रमाउँछु’, अलिक खुल्दै भन्छन्,‘कार्यालयका सबै सदस्यलाई परिवार जस्तो ठान्छु । म पनि यो कम्पनीको एउटा कर्मचारी हुँ भन्ने ठान्छु । मैले मेरा लागि, कम्पनीका लागि मात्र होइन, परिवार र साथीका लागि काम गरिरहेको छु ।’

उनी मान्छे रिटायर्ड हुन्छ भन्ने ठान्दैनन् । आफ्ना हजुरबुवा लुनकरण दास चौधरीको उदाहरण दिँदै भन्छन्, ‘उहाँ हिँड्न, सोच्न सकुन्जेल व्यापारमा सक्रिय हुनु भयो । मेरो बुवाको सोच पनि त्यहि छ । म पनि त्यसरी नै सक्रिय हुनुपर्छ भन्ने ठान्छु ।’

व्यस्तता उनको परिचय पनि हो । अझ व्याख्या गर्छन्,‘एउटा गायकले गाउनु भएको छ नि ४० कटेपछि रमाउला भन्ने, त्यस्तै महशुस हुन्छ कहिले । म शारिरीक हिसाबले घर पुगे पनि मानसिक हिसाबले पुगें भने मेरो परिचय गुम हुन्छ ।’

के मान्छेको रिटायर्ड जीवन हुँदैन ?

उनी मान्छे रिटायर्ड हुन्छ भन्ने ठान्दैनन् । आफ्ना हजुरबुवा लुनकरण दास चौधरीको उदाहरण दिँदै भन्छन्, ‘उहाँ हिँड्न, सोच्न सकुन्जेल व्यापारमा सक्रिय हुनु भयो । मेरो बुवाको सोच पनि त्यहि छ । म पनि त्यसरी नै सक्रिय हुनुपर्छ भन्ने ठान्छु ।’

उनको सक्रियताको झझल्को अमेरिकी अर्बपति वारेन बफेटको जस्तो छ । सायद, उनकै मार्गमा अभ्यस्त रहेको हुनुपर्छ, करण । उनले सक्रियताका कहिलेसम्म भन्ने प्रश्नको उत्तरमै उदाहरणीय वा प्रेरणाको पात्र ‘वफेट’लाई नै लिने गरेका छन् । एक हिसाबले चौधरी ग्रुपको तेस्रो पुस्ताका युवा ‘कार्यकारी प्रमुख’ करणको व्यावसायीक गति उनले मन पराउने ‘घोडाको रेस’जस्तै अघि बढीरहेको छ ।

उनी मुलुक समृद्ध हुनका लागि कामको लगनशीलतामा सबैको सक्रियता हुनुपर्ने ठान्छन् । सरकारसँग उनलाई कुनै गुनासो छैन । तर सरकारलाई उनी एउटै सुझाव दिन्छन्,‘जुन नीति ल्याउनुहुन्छ त्यसको शतप्रतिशत स्वीकार हुन्छ । तर नीति कमिज फेरेजस्तो फेर्नु भएन ।’

- साभार : दैनिक नेपाल बाट

Must View