नागरिक पोष्ट News


उदाहरणीय पत्रकार, प्रकाशबहादुर सिंहले कार्यक्रमको भत्ता सहाराबिहीनहरुलाई बाँडे

3.5K

 नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाशबहादुर सिंहले  हालसम्म  जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा पाएको २६ हजार तीन सय ४४ रुपैयाँ भत्ता सहाराबिहीनहरुलाई बाँडेका छन् । ।

पेशाले पत्रकार भएपनि सिंहको शैक्षिक पृष्ठभूमि स्वास्थ्यकर्मीको हो । उनले सहायक स्वास्थ्य कार्यकर्ता (एचए) पढेर केही समय सरकारी स्वास्थ्य संस्थामा पनि काम गरे ।

हाल उनी समाचार संकलनका लागि गाउँतिर जाँदा आफूसँग भएका स्वास्थ्य सम्वन्धी उपकरणहरु र आफूलाई अधिकार भएका औषधि पनि बोकेर जान्छन् ।

२०७३ फागुनमा पत्रकार महासंघको अध्यक्षमा निर्विरोध चयन भएका सिंहले आफ्नो कार्यकालमा विभिन्न बैठक/गोष्ठीबाट प्राप्त भत्ताको रकम जिल्लाका पीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

 द हिमालयन टाइम्समाका बाजुरा संवाददाता समेत रहेका सिंहले भने ‘कार्यक्रमहरुमा सहभागी भएवाफत पाएको भत्ताको रकममध्ये १७ हजार तीन सय ४४ बाजुरा, बडीमालिका नगरपालिका-८ राप्का घर भएकी ४५ वर्षीया एकल महिला पारू थापालाई सहयोग गरेँ ।’। पत्रकार सिहंले दिएको १७ हजार ३ सय चवालीस रूपैयाँले बाख्रा खरिद बाख्रा पालन गर्ने थापाले बताइन् ।

यस्तै गत मंसिरमा भालुको आक्रमणबाट घाइते भएकी बडिमालिका नगरपालिका-९ कि २० वर्षीया कन्चना उखेडाको उपचारका चार हजार रकम सहयोग गरेका थिएँ । वीर अस्पताल काठमाण्डौंमा पुगेर सिंहले उक्त रकम सहयोग गरेका थिए ।

त्रिबेणी नगरपालिका-७ का १७ वर्षीया नवीन पाध्याय क्यान्सर पीडित छन् । सिहंले नवीनको उपचारका लागि पाँच हजार सहयोग गरेका थिए ।

पत्रकार महासंघको जिल्ला शाखा अध्यक्ष भएपछि सिंहले २०७३ फागुनदेखि यता विभिन्न असहाय, टुहुरा बालबालिका, महिला, जनजातिलाई विभिन्न आर्थिक, भौतिक सहयोग गरिसकेका छन् ।

सिंहले असाय, टुहुरा र पिडित बालवालिकाहरूको शैक्षिक सामग्री खरिदका लागि भन्दै १७ हजार रकम जिल्ला बाल कल्याण समितिको खाता मार्फत बालबालिकालाई सहयोग गरेका थिए ।

Must View