नागरिक पोष्ट News


डाक्टरहरुको नारा ‘नेतागणको खेलमा, डाक्टरजति जेलमा’

3.1K

मुलुकी अपराध संहितामा रहेको व्यवस्था संशोधनको माग गर्दै देशभरका चिकित्सक आन्दोलित भएका छन् । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प छन् । काठमाडौंको  सडकमा डाक्टरहरुको प्रदर्शन भएको छ । 

माईतीघर मण्डलाबाट ठूलो संख्यामा चिकित्सहरु संसद भवन बानेश्वर भएकोतिर अघि बढ्दा ‘मुलुकी ऐन संशोधन गर’, ‘नेता गणको खेलमा, डाक्टरजति जेलमा’, ‘विरामी मार्नपाइँदैन, जनता ठग्न पाइँदैन’, ‘नेताको उपचार विदेशमा, गरिब नेपली मर्छन स्वदेशमा’ लगायत नारा लगाए ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचार गर्दा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भए अथवा अंगभंग भए पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुने भनिएको छ । चिकित्सकहरुले त्यो व्यवस्था संशोधनको माग गरिरहेका छन् ।

जंगबहादुर राणाले बनाएको मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भए वा अंगभंग भए कैद र जरिवानाको व्यवस्था गरिएको छ । चिकित्सकहरुले यो व्यवस्थाको विरोध गर्दै आफुहरुलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको गुनासो गर्दै आएका छन् । 

Must View