नागरिक पोष्ट News


मह जोडी साक्षी : पाँच मिनटमै विवाह, ३ सयमै विहे खर्च सकियो (भिडियो सहित)

3.6K

काठमाडौं । समता विद्यालयका प्रमुख एवं चर्चित शिक्षा अभियन्ता उत्तम सञ्जेलले ४१ वर्षको उमेरमा  मात्रै तीनसय रूपैयाँ खर्चमा विवाह सम्पन्न गरेका छन् ।

सोमबार गुहेश्वरी मन्दिरमा सुन्दरीजलकी कला अधिकारीसँग सञ्जेलले विवाह गरेका हुन् । सञ्जेलले २ वटा माला, पोते र सिन्दुरको खर्च तीन सय लागेको बताए ।

कलाकार र पत्रिकाका सम्पादकसमेत गरेर मात्रै १०, १२ जना विवाह समारोहमा सहभागी थिए । विवाह समारोह झण्डै पाँच मिनटमै सकिएको थियो । विवाह सम्पन्न भएपछि महजोडीको स्पोन्सरमा त्यहाँ लगिएको सुगर फ्रि लड्डु बाँडिएको थियो ।

कला सञ्जेलकै नेतृत्वमा सञ्चालित समता अस्पतालमा कार्यरत छन् ।

 

Must View